• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शुल्क लिने कि नलिने भन्ने अन्योलले रोकियो परीक्षा फाराम

by
३ पुस २०८१,
0
यो साता एसईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विभिन्न कक्षाका रजिष्ट्रेसन र परीक्षा फाराम रोकिएका छन्।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेलैमा निर्णय नगर्दा अहिले कक्षा ९ का विद्यार्थीको रजिष्ट्रेसन फाराम, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीका लागि आवश्यक पर्ने कक्षा १० को परीक्षा फाराम र कक्षा ११ मा अध्ययनरत विद्यार्थीका रजिष्ट्रेसन फाराममा विलम्ब भएका छन्।

माध्यमिक तहको शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था कार्यान्वयन गर्ने हो भने सरकारी तहबाट नै सुरुवात गर्नुपर्ने आवाज उठेपछि यी शीर्षकमा शुल्क नलिने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ। मन्त्रालयबाट स्पष्ट निर्देशन नआएका कारण राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि फाराम भराउन सकेको छैन।

बोर्डले कक्षा ११ को रजिष्ट्रेसन फाराम यसअघि नै खुलाएको थियो। बोर्डको सूचना अनुसार विद्यालयहरूले कात्तिकमै विद्यार्थीलाई फाराम भर्न लगाएर सङ्कलनसमेत गरिसकेका छन् तर रजिस्ट्रेसनका लागि विद्यार्थीसँग शुल्क लिन नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्कालका लागि रजिस्ट्रेसन फाराम भर्ने कार्य स्थगित गर्न बोर्डलाई निर्देशन दिएको थियो।

कक्षा ११ मा सरदर पाँच लाख विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्ने गरेका छन्। बोर्डले उक्त फारामका लागि प्रति विद्यार्थी चार सय रुपियाँको दरले शुल्क लिने गरेको छ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा ११ र १२) कृष्ण शर्माले रजिष्ट्रेसन शुल्क लिने कि नलिने भन्ने विषय मन्त्रालयमा विचाराधीन रहेकाले विद्यार्थीलाई वितरण गरिसकेको रजिस्ट्रेसन फाराम सङ्कलन कार्य रोकिएको छ। विद्यालय तहमा हाल कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिस्ट्रेसन गर्ने गरिएको छ।

कक्षा ९ र ११ दुवै माध्यमिक तह भए पनि दोहोरो रजिस्ट्रेसन गर्नु उपयुक्त नहुने तर्क पनि उठ्ने गरेका छन् तर ९ र ११ कक्षामा पढ्ने विद्यार्थीको विषय फरक फरक हुने भएका कारण दुवै कक्षामा रजिस्ट्रेसन फाराम भराउनुपर्ने तर्क बोर्डको छ।

बोर्ड अहिले मन्त्रालयको निर्देशन पर्खेर बसिरहेको छ। कक्षा ११ को फाराम भर्ने विषय नटुङ्गिएका कारण बोर्डले कक्षा ९ को रजिस्ट्रेसन र एसइईको परीक्षा फाराम पनि खुला गर्न सकेको छैन। विगतका वर्षमा मङ्सिर महिनामा नै एसइईको फाराम खुला हुने गरेको थियो। हरेक वर्ष कक्षा १० मा सरदर पाँच लाख विद्यार्थीले परीक्षा फाराम भर्ने गरेका छन्। प्रति विद्यार्थी ५०० रुपैयाँ परीक्षा फाराम शुल्क लिने गरिएको छ।

त्यस्तै कक्षा ९ मा पनि बर्सेनी पाँच लाखकै हाराहारीमा विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने गरेका छन्। यो फारामका लागि प्रति विद्यार्थी तीन सय पचास रुपैयाँ लिने गरिएको छ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार विद्यार्थीबाट राज्यले रजिस्ट्रेसन र परीक्षा फाराम शीर्षकमा शुल्क नलिने हो भने करिब एक अर्ब रुपैयाँ आर्थिक दायित्व थपिन्छ।

Previous Post

भिनिसियस जुनियर र एइटाना बोनमती बने फिफा बेस्ट

Next Post

‘अब किबी उखेलेर अलैँची नै लगाउने हो’

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
‘अब किबी उखेलेर अलैँची नै लगाउने हो’

‘अब किबी उखेलेर अलैँची नै लगाउने हो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In