• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गगनलाई अर्थ, विष्णुलाई गृह दिने चर्चा

by
२ पुस २०८१,
0
गगनलाई अर्थ, विष्णुलाई गृह दिने चर्चा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली वर्तमान मन्त्रीहरुसँग सन्तुष्ट देखिएका छैनन । खासगरी एमालेकै मन्त्रीहरुसँग उनको असन्तुष्टि रहेको एमाले स्रोतले बताएको छ । त्यसैगरी कांग्रेसको तर्फबाट उर्जामन्त्री दीपक खड्का र खेलकुद मन्त्री बनेका तेजुलाल चौधरीसँगपनि प्रधानमन्त्री असन्तुष्ट बनेका छन् । यता एमालेको तर्फबाट भौतिक मन्त्री बनेका देवेन्द्र दाहाल, उद्योग मन्त्री दामोदर भण्डारी र रक्षामन्त्री मानवीर राईसँग प्रधानमन्त्री असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

तर, उनीहरुसँग असन्तुष्ट रहेकै बेला सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र सत्ता साझेदार दल नेपाली कांग्रेसबीच गृह र अर्थ मन्त्रालय साटफेर गर्ने र अन्य मन्त्रालयमा पनि मन्त्रीहरु फेरबदल गर्ने विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अर्थ र गृह मन्त्रालय साटफेर गर्नेबारेमा पटकपटक छलफल भएको छ । अहिले एमालेबाट अर्थमन्त्रीमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल र गृहमन्त्रीमा कांग्रेसबाट नेता रमेश लखेक छन् । अब गृह एमालेलाई र अर्थ कांग्रेसलाई दिनेगरी साटफेरको छलफल भएको हो ।

प्रधानमन्त्री ओली कार्यसम्पादन सन्तोषजनक नदेखिएका केही मन्त्रीलाई बिदा गरेर नयाँ सांसदलाई मन्त्री बनाउने गृहकार्यमा छन् । त्यसबारे सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेसका सभापति देउवासँग छलफल हुँदा गृह र अर्थ मन्त्रालय साटफेरको कुरा उठेको बालुवाटार स्रोतले जनाएको छ ।

एमाले नेताहरू पनि अनौपचारिक रूपमा मन्त्रालय साटफेरबारे कुरा उठेको बताएका छन । स्रोतका अनुसार कांग्रेसले अर्थमन्त्री पाउने अवस्था आएमा गृहमन्त्री लेखकलाई तानेर भौतिकमा पठाउने तयारी छ । लेखक यसअघि पनि भौतिकमन्त्री भएका थिए ।

सभापति देउवा र प्रधानमन्त्री ओलीसमेत कांग्रेस महामन्त्री गगन थापालाई अर्थमन्त्री बनाउन सकारात्मक छन् । तर, थापाले अर्थसहित उपप्रधानमन्त्री पनि पाउनुपर्ने माग राखेका छन् ।

थापालाई उपप्रधानमन्त्री दिँदा कांग्रेसबाट दुई उपप्रधानमन्त्री हुने भएकाले के गर्ने भन्नेमा नेताहरूबीच छलफल जारी रहेको स्रोत बताउँछ । कांग्रेसबाट अहिले उपप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री भएर प्रकाशमान सिंहले नेतृत्व गरिरहेका छन् । एमालेमा भने पौडेललाई नै गृहसहित उपप्रधानमन्त्रीको जिम्मेवारी दिने गरी छलफल थालिएको छ ।

एमालेभित्र गुटगत हिसाब नमिल्दा ओली स्वयंले पौडेललाई अर्थबाट गृहमा सार्न खोजेको पनि उनी निकट नेताहरू बताउँछन् । एमालेमा पहिला ओलीको विश्वासपात्र रहेका उपाध्यक्ष पौडेल ओलीले महासचिव शंकर पोखरेललाई काखी च्यापेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट बनेको स्रोतहरू बताउँछन् । उता पौडेलले भने युवराज खतिवडालाई ओलीले आर्थिक सल्लाहकार बनाएर अर्थमा तगारो हालेको बुझाई रहेको छ । पौडेललाई खतिवडाले नै कतिपय सन्दर्भमा तगारो हालेको स्रोतको दावी छ ।

Previous Post

धुर्मुस-सुन्तलीले बनाउन नसकेको गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु

Next Post

मन्त्रिपरिषद बैठकले सिधैँ आइजिपी नियुक्ति गर्ने

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
मन्त्रिपरिषद बैठकले सिधैँ आइजिपी नियुक्ति गर्ने

मन्त्रिपरिषद बैठकले सिधैँ आइजिपी नियुक्ति गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In