• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जोखिम बढ्दो

by
२१ पुस २०७९,
0
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जोखिम बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कुनै पनि मुलुकको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिन्छ । आतंकवाद, अन्तरदेशीय अपराध र अवैध तस्करीको सधैं जोखिम रहने भएकाले पनि सम्बन्धित मुलुकले विमानस्थलको सुरक्षालाई विशेष प्राथमिकता दिएका हुन्छन् । तर, नेपालको त्रिभुवन विमानस्थलको सुरक्षाका सवालमा सधैंभरि प्रश्नमात्र उठिरहे । अहिले झन् दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल थपिएका बेला सुरक्षा जोखिम नियन्त्रण गर्ने चुनौती थपिएको छ ।

पुस ९ गते फ्लाई दुबईको उडानबाट काठमाडौं उत्रिएका सुडानी नागरिक मोहम्मद डाफल्ला त्रिभुवन विमानस्थलको भन्सारभित्रै १९ किलो सुनसहित पक्राउ परे । दुबईबाट सुडानीले नै पठाएको सुन बोकेर सुडानकै भरिया आएको यो पहिलोपटक थियो । विगतमा तेस्रो देशका नागरिक लागुऔषध तथा अवैध डलर तस्करीमा संलग्न हुँदै आएकामा यसपटक सुनसँग जोडिनु आफैंमा गम्भीर अनुसन्धानको विषय बनेको छ ।

त्यसो त त्रिभुवन विमानस्थलबाट सुन तस्करी नौलो होइन । २०७५ मा कर्मचारीकै मिलेमत्तोमा ३३ किलो सुन भित्रिएपछि केही समय तस्करीका घटना सुनिएनन् । कारण(तस्करको एउटा सन्जाल छिन्नभिन्न भएको थियो, भन्सार प्रशासनले पनि आलोचना र कारबाहीको डरले कडाइ गरेको थियो । केही समययता भने तस्करीको स्वरुप फेरिएको छ । गहनादेखि, झोल र अनेक स्वरुपमा सुन तस्करी भइरहेका छन् ।

पछिल्लो दुई वर्ष मात्रै ७० किलो सुन आएको तथ्यांक छ । अझ त्योभन्दा बढी डरलाग्दो रुपमा त्रिभुवन विमानस्थल लागुऔषधको सजिलो रुट बनिरहेको छ । प्रहरीका अनुसार पछिल्लो ३ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकेन, सेतो हेरोइन र एमफेटामाइन बरामद भएका छन् ।

नेपालको विमानस्थलबाट हात्ती पनि छिराउन सक्छु भन्ने कुख्यात अपराधी चार्ल्स शोभराज १९ वर्ष कैद भोगेर स्वदेश फर्किसकेका छन् । सन् १९९९ मा त्रिभुवन विमानस्थलबाटै उडेको इन्डियन एयरलाइन्सको अपहरण काण्डले त त्यतिबेला नेपाली विमानस्थलको सुरक्षा व्यवस्थालाई लिएर विश्वभर आलोचना भएको थियो । तर विमानस्थलको सुरक्षा व्यवस्था सुधारिएको छैन । अब दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल थपिए । भारतीय सीमाबाट सीमानजिकै रहेको रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल अब नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय नाका भएका छन् । त्रिभुवन विमानस्थलको सुरक्षा नेतृत्व डीआईजीले गरिररहेका छन् भने नयाँ दुवै विमानस्थलमा एसएसपीको नेतृत्वमा सुरक्षाकर्मी परिचालनको प्रस्ताव गरिएको छ ।

आन्तरिक सुरक्षाको सबैभन्दा जोखिमपूर्ण क्षेत्र भएकाले विश्वका अधिकांश मुलुकका अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशविन्दुमै कडाइ गर्छन् । तर नेपालको सन्दर्भमा भने ठीक उल्टो छ । नेपालबाट बाहिरिनेका लागि जााच गर्न प्रहरीको टोली छ भने नेपाल भित्रने विन्दुमा निजामती कर्मचारी छन् । जुन मुलुकलाई सुरक्षित बनाउने मापदण्डविपरीत भएको सुरक्षाविज्ञको बुझाइ छ ।

विकासका हिसाबले विमानस्थलको विस्तार जति सुखद छ, त्यसको संवेदनशीलता त्यसभन्दा बढी महत्त्वपूर्ण मानिन्छ । त्यसैले मुलुकलाई अन्तर्राष्ट्रिय अपराधको जोखिमबाट जोगाउन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा ध्यान दिनैपर्छ ।

Previous Post

कार्यान्वयन होला त प्रधानमन्त्रीको निर्देशन ?

Next Post

कति छ बिहीबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ बिहीबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In