• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपदका घटनाबाट चिन्तित चुरेफेदी

by
२८ मंसिर २०८१,
0
विपदका घटनाबाट चिन्तित चुरेफेदी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका चुरेफेदीको बस्तीमा विपद्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् ।

बर्सेनि वर्षातका बेला चुरे क्षेत्रमा निरन्तर जाने पहिरोबाट खोलामा बालुवा, गेग्रान, ढुङ्गालगायत भरिएर चौधरीको घरसम्म बाढीको पानी पुग्ने गरेको छ । खोला र जमिनको सतह बराबर भएपछि खोलाको पानी घरसम्म पुग्न थालेको उनी बताउँछन् ।

दुई वर्षदेखि बेलडाँडीमा वनहरा नदी र अनौखी खोलाको बाढी पस्न थालेको हो । ‘यस वर्ष भदौको अन्तिम साता बाढीको पानी गाउँमा पस्दा डुबान र पटानका कारण बालीनालीमा मात्र क्षति भयो, समयमै जानकारी पाइएपछि मानवीय क्षति हुन पाएन’, चौधरीले भने, ‘गत वर्ष चुरेमा वर्षा हुँदा राति १ः०० बजेको समयमा बाढी आउँदा स्थानीय किसानले पशुपंक्षीलाई सुरक्षित स्थानमा सार्न नसक्दा ठूलो क्षति बेहोर्नुपरेको थियो ।’ बेलडाँडीको पूर्वतर्फ वनहरा र पश्चिमतर्फ अनौखीखोला छ ।

गाउँको उत्तरतर्फको भालुखोला पहिला निकै गहिरो थियो । वर्षाको पानी त्यही खोलामा बगेर जान्थ्यो । हाल चुरे क्षेत्रमा मानवीय गतिविधि बढ्दै गएपछि पहिरो जाँदा त्यो खोला पूरै पुरिएको स्थानीय मोतिराम चौधरी बताउँछन् । ‘केही वर्षयतादेखि वर्षाको सन्तुलन बिग्रिएको छ’, उनले भने, ‘एकछिनमा ठूलो पानी पर्छ, पहिलाजस्तो निरन्तर पानी पर्दैन, एकछिन पर्ने मुसलधारे पानीले गर्दा आउने बाढीे विनासकारी हुने गर्छ, पहिला अहिलेको जस्तो बाढीको समस्या थिएन।’

अहिले चुरे क्षेत्रमा निरन्तर जाने पहिराले गर्दा खोलानाला पुरिएपछि बाढीको पानी बस्तीमा पुगेर डुबान पटान गर्न थालेको उनको भनाइ छ । ‘अवैज्ञानिक रूपमा चुरे क्षेत्र नजिकका खोलानालाबाट ढुङ्गा, बालुवा, ग्राभेल, माटोलगायत उत्खननको काम हुन थालेको छ’, वीरबहादुर चौधरीले भने, ‘चुरे क्षेत्रमा अवैध रूपमा गोठ राखेर बाख्रासहित पशुचौपाया चराउने कार्य हुन थालेको छ, आगलागीका घटनामा वृद्धि हुँदै गएका छन्, अवैध रूपमा रुखबिरुवा कटानी हुने क्रम बढ्दा विपद्को समस्या बल्झिँदै जान थालेको छ ।’

जग्गा कटानी रोक्न गत वर्ष रु दुई लाखको लगानीमा अनौखीखोलामा नगरपालिकाले तटबन्ध निर्माण गरे पनि यस वर्षको बाढीले तटबन्ध नै बगाएर लगेको चौधरीले बताए । बढ्दै गएको बाढीजन्य विपद्को सामना गर्न कुनै पनि निकायबाट प्रभावकारी काम नहुँदा चुरे क्षेत्र नजिकका बस्ती केही वर्षभित्र मरुभूमिमा परिणत हुने उनको भनाइ छ । उर्वर जग्गा प्रत्येक वर्ष बालुवा, ढुङ्गा, गेग्रानले पटान हुँदै जान थालेपछि विगतको जस्तो खेती हुन छाडेको मानबहादुर चौधरीले बताए ।

उनका अनुसार खेतकै अन्नले वर्षभरि खान पुग्ने परिवार हाल खान नपुगेर भारतलगायत देशमा मजदुरी गर्न जान थालेका छन् । केही परिवार बस्ती नै छाडेर अन्यत्र बस्न थालेका छन् । खोला नदीमा थुप्रिएको नदीजन्य पदार्थको व्यवस्थापन गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । ‘नदीजन्य पदार्थ धेरै वर्षदेखि नउठाइँदा समस्या आएको छ’, मनोज चौधरीले भने, ‘वैज्ञानिक तरिकाले नदीजन्य पदार्थ उठाएर वर्षाको बाढीको पानी बग्ने व्यवस्था मिलाइ दिनुपर्‍यो।’ वर्षाको बाढीको पानी बग्ने ठाउ साँघुरिँदै जाँदा र पुरिँदा समस्या भएकाले तत्काल नगरपालिकाले ठेक्का प्रक्रियामार्फत नदीजन्य पदार्थ उठाउने व्यवस्था गर्नुपर्ने उनको छ ।

‘तीन दशक अघिसम्म जिल्ला विकास समितिले नदीजन्य पदार्थ उठाएर सडक निर्माणका कार्यमा प्रयोग गर्दै आएको थियो’, फुलपट्टु डगौराले भने, ‘जिल्ला विकास समिति विघटन भएपछि नदीजन्य पदार्थ उठाइएको छैन, त्यसपछि बाढीजन्य विपद्को सामना गर्दै आएका छौँ ।’ थोरै वर्षामा बाढीको पानी गाउँ पस्दा बेलडाँडी गाउँका दुई सय ३० परिवार प्रभावित भएका छन् । जसमध्ये ३५ परिवार बाढीको उच्च जोखिममा छन् ।

शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादुर ऐर केही नदीमा नदीजन्य पदार्थको व्यवस्थापन गर्न गौँडी र अनौखीखोलाको ठेक्का प्रक्रियाको काम अगाडि बढेको बताउँछन् । बाढीजन्य विपद्का घटना भइरहेका अन्य क्षेत्रको अध्ययन गरी बस्ती पनि सुरक्षित रहोस्, नदीजन्य पदार्थको वैज्ञानिक तरिकाले व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर काम अगाडि बढाउन नगर प्रमुख, उपप्रमुखलगायत कार्यपालिका सदस्यसँग छलफल गरी कार्य अगाडि बढाउने उनी बताउँछन् । चुरे विनास रोक्न ठोस योजना बनाइने उनको भनाइ छ ।

Previous Post

म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसङ्घ

Next Post

साउदीमा हुने ‘विश्वकप फुटबल’काे किन भइरहेछ विवाद!

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
साउदीमा हुने ‘विश्वकप फुटबल’काे किन भइरहेछ विवाद!

साउदीमा हुने ‘विश्वकप फुटबल’काे किन भइरहेछ विवाद!

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In