• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक, कुन-कुन पार्टीले कति स्थानमा जिते ?

by
१८ मंसिर २०८१,
0
उपनिर्वाचनको तयारीमा आयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मत परिणाम सार्वजनिक भएको हो ।

कीर्तिपुर नगरपालिकाको प्रमुखमा काँग्रेसका कृष्णमान डंगोल पाँच हजार ३३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले चार हजार ३२७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गरे ।

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुंगेली मगर शेर्पा विजयी भइन् । उनले दुई हजार ८०५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले दुई हजार ६०० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार ७२७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले ११८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी भएकी छन् । नेपाली काँग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन् । सर्केगाडमा छ हजार ८१० मतदाता रहेकामा चार हजार ५२४ मत खसेको थियो । तिमल्सिनाले एक हजार ६३७ मत ल्याएर विजय हासिल गरेकी हुन् ।

उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सविता बुढाले एक हजार ५९४, नेकपा एमालेकी जाना शाहीले एक हजार १३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी संगीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गरे ।

आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे ५५९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी मोहन खड्काले ५२५, नेपाली काँग्रेसका नवराज बस्नेतले ४०४, जनता समाजवादी पार्टीका राजकुमार राईले २०७, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले १२३ मत प्राप्त गरेका छन् ।

मत परिणामअनुसार काँग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ ।

माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।

उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन् । कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो ।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगंगा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । आयोगका अनुसार नगरपालिकाका प्रमुख एकजना, उपप्रमुख एकजना, गाउँपालिकाका अध्यक्ष दुईजना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र २०२ जना गरी जम्मा ३७६ उम्मेदवार थिए ।

कहाँ को निर्वाचित ?

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी काँग्रेसका बलराम सरदार थारुले पाँच हजार ३३३ मत प्राप्त गरे ।

दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही तीन हजार १२७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी काँग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत प्राप्त गरे ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार २७२ मत पाई निर्वाचित भइन् ।

रुकुम (पूर्व भाग)को पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार ६२७ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी एमाले–काँग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार १२८ मत मात्रै पाइन् ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन् । उनले एक हजार ७४० मत ल्याउँदा काँग्रेसका पुल्तीसरा शाहीले एक हजार ४७४ मत पाइन् ।

ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी भइन् । उनको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३५६ मत पाए ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा काँग्रेसका नगेन्द्र लिम्बू ४४० मत प्राप्त गरी विजयी ए । उनीसँग एमालेका बुद्धबहादुर लिम्बू ३६० मत प्राप्त गरी पराजित भए ।

सुनसरीको गढी गाउँपालिका–६ मा काँग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरी पराजित भए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी काँग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित भए ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भए । उनले ९२३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनीसँग काँग्रेसका भूलियादेवी थरुनी ५८७ मत मात्र प्राप्त गरी पराजित भए ।

डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी भए । उनको प्रतिस्पर्धी काँग्रेसका जोगिन्द्रराय अमातले २७७ मत पाए ।

धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी काँग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित भए । उनको प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गरे ।

रौतहटको ईशनाथ नगरपालिका–७ मा काँग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी हुँदा एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरेका थिए ।

गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ६५५ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले ६३१ मत पाएको आयोगले जनाएको छ ।

रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा काँग्रेसका समसे आलम ७४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह ४६३ मत पाई पराजित भए ।

नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भए । काँग्रेसका सूर्य तामाङले ५८७ मत प्राप्त गरे ।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार ९०२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार २२० मत प्राप्त गरी पराजित भएको आयोगले जनाएको छ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा काँग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए । एमालेका हर्ष महर्जनले ४९८ मत पाए ।

वडा नं ४ मा काँग्रेसका राजेन्द्र बानियाँ विजयी भए । उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत पाए ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा काँग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार ५६० मतसहित पराजित भए ।

गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत मात्र पाए ।

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा काँग्रेसका आनन्द श्रेष्ठले एक हजार १८४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार १५० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी काँग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा काँग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले ५३५ मत पाए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा काँग्रेस उम्मेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी शेरबहादुर थारुले ६७८ मत पाए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाए ।

कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही ११५ मतमा सीमित भइन् ।

जाजरकोटको कुशे गाउँपालिका–७ मा काँग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाए ।

दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी काँग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाए ।

रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका–५ मा काँग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए ।

बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा काँग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मतमा सीमित भए ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा काँग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ एक मत पाए ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा काँग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मतमा सीमित भए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा काँग्रेसका प्रकाश चन्द एक हजार १०७ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मत ल्याए ।

Previous Post

प्रचण्डकी नातिनी स्मिता दाहाल वैवाहिक सम्बन्धमा बाँधिदै

Next Post

प्रधानमन्त्री ओलीलाई ग्रेट हल अफ पिपलमा ‘गार्ड अफ अनर’ (तस्विरहरु)

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
प्रधानमन्त्री ओलीलाई ग्रेट हल अफ पिपलमा ‘गार्ड अफ अनर’ (तस्विरहरु)

प्रधानमन्त्री ओलीलाई ग्रेट हल अफ पिपलमा ‘गार्ड अफ अनर’ (तस्विरहरु)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In