काठमाडौँ – रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा झगडा गर्ने तीन जना विद्यार्थी निष्काशित भएका छन् ।यही पुस १३ क्याम्पसमा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी दिए ।
आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए ।













