१) अचञ्चलता त्यस अवस्थालाई भन्दछन् जब मनको प्राण अशुद्ध, अशान्त तथा विचार र भावनाद्वारा बहिर्गत अथवा परिपूर्ण नहोस् ।
२) आध्यात्मिक विकासको शिखरमा पुगेर यदि हामीले मानव धरातललाई विस्र्याैं भने हामीले कदापि सत्यलाई समाउन सक्दैनौँ ।
३) आज हामी यस्तो स्थानमा पुगेका छौँ जहाँ मूल तत्व र मूल शक्तिको रुपमा मात्र काल्पनिक विभेद शेष छ ।
४) परमात्मा ज्ञानरुपी महासमुद्र हुन् । त्यहाँ डुबुल्की लाउने बित्तिकै अज्ञानताको केही पत्तो पाइन्न ।
५) प्राचीन भारत माताले वास्तवमा पुनर्जन्म लिने प्रयास गरेकी छन् । असह्य वेदनाले नयनमा आँसु लिएर प्रयस गरेकी छन् तर तिनको प्रयास सफल हुन सकिरहेको छैन । तिनलाई के ले अप्ठ्यारो प¥यो, यति विशालकाय भएर पनि त्यति शक्ति त अवश्य नै होला । निश्चय नै हामीमा केही महतवपूर्ण कमि छ । हामीसँग थुप्रै कुरा छन् तर ती सबै शक्ति शून्य छन् । ऊर्जाको अभाव छ । हामीले शक्तिलाई त्यागिदिएका छौँ, त्यसैले हामी शक्तिद्वारा त्यागिदिएका छौँ ।
६) हामीभित्र पुनर्जन्म लिने इच्छा प्रचुर मात्रामा विद्यमान छ । त्यसमा कुनै कमि आएको छैन । कति प्रयास भए, धर्म, समाज र राजनीतिको क्षेत्रमा कति आन्दोलनको प्रारम्भ भयो तर सबैलाई एउटै नियतिले छोडेन एक क्षणका लागि उत्साहित हुन्छ तर फेरि सेलाउँछ । कतै शेष रह्यो भने पनि तमस र निष्क्रियताले दबाएर राख्दछ । हाम्रो सुरुवात भने सशक्त हुन्छन् तर न त ती परिणतिमा पुग्दछन् न ती प्रतिफलित नै हुन्छन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













