प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको कारण कास्कीलाई धेरै मुलुकसँग जोड्न मिल्ने बताएका छन् । ४७ वर्षको प्रतीक्षापछि कस्केली जनताको चाहना पुरा भएको छ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– पोखरा विमानास्थलले देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया पनि छिट्टै अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे । निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउने सम्बन्धमा अन्योल छ । सरकारले गठन गरेको विज्ञ समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई पेश गरिसकेको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निजर्माणसँगै यहाँको पर्यटन क्षेत्रको विकसमा समेत सहयोग पुग्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । अब राष्ट्रको आवश्यकता ससमृद्धि, विकास, राजनीतिक स्थायित्व र सामाजिक न्याय भएकाले अब आफ्नो जीवन तिनै कार्यमा खर्चने भनाई उनको छ । अब भाषण भन्दा पनि काम गर्छु प्रधनमन्त्री दाहालले भन्नुभयो–विकासलाई नै अब मुख्य एजेण्डा बनाएर अगाडि वढ्छु । चीन सरकारले नेपालका नाकाहरु खोल्ने काम सुरु गरेको छ, अब चीन सरकारसँग रेलवे संचालन गर्ने कुरा भइरहेको छ रेलवे संचालनपछि नेपालमा ठूलाठूला परियोजना संचालन हुनुको राथै रोजगारीका अवसरहरु प्राप्त हुने भनाई प्रधानमन्त्री दाहालको छ । उद्घाटनपछि विमिानस्थलमा निर्माण गरिएको ताम्रपत्रको अनावरण समेत गर्नुभएको थियो ।
अर्थमन्त्री विष्णु पौडेलले विमानस्थलमा आवश्यक पर्ने अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विमानस्थललाई लुम्विनी, चितखवन, भैरहवा, काठमाण्डौं लगायतका गन्तव्यसँग जोड्नुपर्ने बताए । मन्त्री पौडेलले भने– मुग्लिङदेखि पोखरासम्मको सडक स्तरोन्नति भइरहेको र सिद्धार्थ राजमार्गको स्तरोन्नतिको प्रक्रियासमेत अगाडि वढाएर पोखरालाई पर्यटकीय शहरको रुपमा विकास गर्ने छौं । साथै मन्त्री पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर उपयोग गर्न आफ्नो क्षेत्रबाट प्रयाप्त मात्रामा सहयोग रहने बताउदै बिमानस्थल निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुहुने तत्कालीन पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको स्मरण गर्नुभयो ।
“विकास, समृिद्ध र सुशासन आजको आवश्यकता हो”, मन्त्री पौडेलले भने । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरे । ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रिट्ठेपानी डाँडा कटानको पहिलो चरणको काम सकिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशका जनताको लामो प्रतीक्षापछि एउटा गौरवको योजना सम्पन्न भएको छ जसका कारण यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणसँगै अब त्रिवेणी देखि कोरलासम्मको सडकलाई तीव्र गतिमा अगाडि वढाउनुपर्नेमा नेपालीले जोड दिनुभयो ।
नेपाल सरकारका मूख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका नागरिक उड्यायन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका साथै चिनियाँ प्रतिनिधिले समेत आफ्ना भनाई राखेका थिए । विमानस्थल निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको छ । करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी २२ अर्ब रहेको प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौँडाई तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । विमानस्थलको क्षमता वार्षिक दश लाख यात्रुको रहेको छ । २४ सैं घण्टा जहाज संचालन गर्न सकिने सो अवसरमा जानकारी दिइएको छ ।













