• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपप्राध्यापक तथा कर्मचारी छनोट गर्न त्रिवि असमर्थ, परीक्षाको जिम्मा लोकसेवा आयोगलाई

by
३० कार्तिक २०८१,
0
त्रिविको जग्गा खोज्न समितिले थाल्यो काम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शिक्षक, विद्यार्थी र कर्मचारी आन्दोलनका कारण थिलोथिलो बनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) पछिल्लो समय आफैँलाई आवश्यक उपप्राध्यापक तथा कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गर्नसमेत असमर्थ बनेको छ । आंशिक प्राध्यापकको आन्दोलनको डरकै कारण खुला प्रतिस्पर्धाबाट छनोट गर्न लागेको उपप्राध्यापक पदको परीक्षा सञ्चालनको जिम्मेवारी त्रिविले लोक सेवा आयोगलाई दिएको छ ।

आफ्नै सेवा आयोग भए पनि आफूले परीक्षा सञ्चालन गर्दा असुरक्षित तथा अमर्यादित हुन सक्ने देखेपछि त्रिविले यी पदको परीक्षा सञ्चालनको जिम्मेवारी आयोगलाई दिएको हो । यसअघि त्रिविले आवश्यक पर्ने सम्पूर्ण जनशक्ति भर्नाको काम त्रिवि सेवा आयोगमार्फत गर्दै आएको थियो ।

त्रिविमा पछिल्लो समय २०७७ सालमा उपप्राध्यापक पदका लागि खुला आवेदन आह्वान गरिएको थियो । उक्त आवेदन अनुसार अहिलेसम्म लिखित परीक्षा सञ्चालन गर्न सकिएको छैन । विगतमा आफैँले परीक्षा सञ्चालन गर्न खोज्दा शिक्षक तथा विद्यार्थीको समूहले विभिन्न माग तेस्र्याएर परीक्षा बिथोल्न खोज्ने तथा सेवा आयोगको कार्यालयमा तालाबन्दी नै गर्ने क्रम चलेपछि यस्तो निर्णय लिइएको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताए  ।

त्यतिखेर मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा, वन विज्ञानलगायतका सङ्कायका लागि कुल ५८१ वटा उपप्राध्यापक दरबन्दीका लागि खुला विज्ञापन आह्वान गरिएको थियो । उक्त विज्ञापन अनुसार २०७७ सालमै परीक्षा सञ्चालन गर्न खोज्दा विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकले आन्दोलन गरेपछि रोकिएको थियो ।

संविधानमा भने विश्वविद्यालय र शिक्षक सेवा आयोगको परीक्षा सञ्चालनमा लोक सेवाको संलग्नता नरहने स्पष्ट छ । संविधानको धारा २४३ मा लोक सेवा आयोगको काम कर्तव्य र अधिकार उल्लेख छ । त्रिवि सेवा आयोग कार्यालयका प्रमुख केदार ढकालले भने अहिलेको विशेष परिस्थितिमा मात्रै लोक सेवालाई परीक्षा सञ्चालनको जिम्मेवारी दिएको बताए । आफूहरूलाई करारमा नियुक्त गर्नुपर्ने माग गर्दै त्रिविमा कार्यरत आंशिक प्राध्यापकहरू लामो समयदेखि आन्दोलनमा छन् । पछिल्लो समय आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्ने विषयमा कार्यदल बनाएर त्रिविले क्याम्पस तथा विभागहरूमा अध्ययन गरिरहेको छ ।

खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तथा कर्मचारी छनोटको काम रोकिएपछि त्रिविले फेरि तत्काल ठुलो सङ्ख्यामा उपप्राध्यापक तथा कर्मचारी भर्नाको आवेदन खुलाउने तयारी गरेको छ । शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार झन्डै सात सयको सङ्ख्यामा उपप्राध्यापक तथा कर्मचारी भर्ना आह्वान हुँदै छ । पछिल्लो २०७७ सालमा आह्वान गरिएको विज्ञापन अनुसार पनि आवेदन दिएकामध्ये अति न्यून मात्रामा मात्रै उम्मेदवार परीक्षामा सहभागी भएका छन् ।यो समाचार गोरखापत्र दैनिकमा छ

Previous Post

सेनामा झण्डै २८ सयका लागि खुल्यो जागिर, न्यूनतम योग्यता ८ पास (विज्ञापनसहित)

Next Post

मलेसियाको जनसंख्या १.६ प्रतिशतले बढ्यो

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
मलेसियाको जनसंख्या १.६ प्रतिशतले बढ्यो

मलेसियाको जनसंख्या १.६ प्रतिशतले बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In