• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गढीमाई मेला: ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

by
२९ कार्तिक २०८१,
0
गढीमाई मेला: ‘नर बली’ पछि मात्र हुन्छ पशु बली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट ।विश्व प्रसिद्ध बारास्थित गढीमाई पञ्चवर्षीय मेलामा देवीलाई नर बली दिएपछि मात्र सुरु हुन्छ पशु बली । मन्दिरमा पशु बली सुरु हुनु अघि नर बली अर्थात् मन्दिरका मुख्य तान्त्रिकको शरीरको ५ स्थानबाट रगत निकालेर देवी चढाउने परम्परा पूरा भएपछि मात्र पशु बली दिइने चलन रहेको छ। मानवको शरीरबाट रगत निकालेर चढाउने परम्परालाई नर वली भनिन्छ ।

पूर्व कालदेखि नै रौतहटको गुजरा नगरपालिका सिमरी गाउँका मूल तान्त्रिक दुखन धामी कछडिया,मूल पुजारी मंगल चौधरीसंग मिलेर गढीमाईको विशेष पुजा आराधाना गरेर धामीले आफ्नो शरीरको पाँच स्थानबाट रगत निकाली नर वली स्वरुप चढाउँदै आएका छन् ।

मूल तान्त्रिक धामीको केही समय अघि निधन भएपछि मान्यता अनुसार यस पटक उनको जेष्ठ छोरा उमाशंकर धामी कछाडियाले मूल तान्त्रिकको रुपमा आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर गढीमाईलाई चढाउने बताएका छन्। त्यस अघि मन्दिरमा रातभरी पूजा हुन्छ । पूजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा आफै बत्ती बल्छ, बत्ती बलेपछि मात्र पञ्चबलि हुने मूल पुजारी मंगल चौधरीले जानकारी दिएका छन् ।

त्यसपछि मङ्सिर २३ गते तान्त्रिक विधिबाट दिप प्रज्वलन गरी गढीमाई मन्दिरको पूर्व पट्टी रहेको ब्रम्हबाबाको मन्दिरमा पंन्च बली दिएपछि बलीको सुरुवात हुने गरेको गढीमाई मन्दिरका मूल पुजारी मङ्गल चौधरीले जानकारी दिएका छन्।

मन्दिरका मूल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, हाँस, सुङ्गुर र राँगा गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि वली खुल्ला हुने मन्दिरका मूल पुजारी मंगल चौधरीले बताएका छन्।

परम्परा र मान्यता अनुसार हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ ।

शक्ति स्वरुपा देवीलाई खुसी पार्न परापूर्वकालदेखि नैं बलि अनिवार्य भएको मानिदै आएको छ । हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला यस पटक गत असोज १७ गते घटस्थापनाको दिनदेखि विधिवत रुपमा सुरु भएको छ । यस पटकदेखि बिश्व प्रसिध्द गढीमाई मन्दिरमा विशेष पूजाको व्यवस्था गरिएको छ। गढीमाई मन्दिरमा सुरु भएको पंचवर्षीय मेलामा दर्शन गर्न आउने भक्तजनको सुबिधाको लागी पहिलो पटक सशुल्क विशेष पूजाको व्यवस्था गरिएको हो ।

विशेष पूजाका लागि प्रति व्यक्ति पाँचसय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। विशेष पूजा गर्न टिकट काट्नेलाई दर्शन र पूजा गर्न सहज हुने मेला समितिले जनाएको छ।मेलाको मुख्य आकर्षण पशु बलि अगामी मंसिर महिनामा तय गरिएको छ । महागढीमाई नगरपालिकाका मेयर एवं मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले मन्दिरमा विशेष पूजाका लागि यो शुल्क निर्धारण गरिएको जानकारी दिएका छन् ।

मन्दिर सञ्चालन तथा विकास समिति, मेला सञ्चालन समिति र मन्दिरका पूजारीहरूको संयुक्त बैठकपछि निर्णय गरिएको थियो।

गढीमाईको मूर्ति स्पर्श गरी पूजापाठ गर्न इच्छुक भक्तजनहरूका लागि मात्रै शुल्क लाग्ने तथा सर्वसाधारणका लागि कुनै शुल्क नलाग्ने मेला समितिले जनाएको छ । भारतको महत्त्वपूर्ण मन्दिरहरूमा पनि विशेष पूजाको लागि शुल्क लिने गरिएको उदाहरण दिँदै अध्यक्ष यादवले यसलाई वादविवादको बिषय नबनाउन मेयर यादवले आग्रह गरेका छन्।

विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सन्तान प्राप्ति, असाध्य रोग निको पार्न, सुस्वास्थ र दीर्घायुको, धनधान्य प्राप्ति तथा इच्छा पुरा गर्न भाकल गर्नेहरुले बली दिने गरेको मेला समितिले जनाएको छ।

अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बलि दिइएको थियो । बोका, राँगाको बलि नदिने भक्तजनहरुले मन्दिर छेउमै परेवा उडाउने गर्छन् ।

मेलाको सम्पुर्ण तयारी अघि बढिरहेको मेला समितिका अध्यक्ष मेयर उपेन्द्र यादवले भारत बाहेक अन्य २० देखि २५ मुलुकका दर्शनार्थीहरुले समेत मेलामा भाग लिने जानकारी दिएका छन् ।

दर्शनार्थीहरुका लागि बास, न्यान्योका लागि ठाउँ-ठाउँमा दाउरा बाल्ने, सडक निर्माण, २७ वटा घुम्ती शौचालय, १ हजार अस्थाई शौचालय निर्माण, बिजुली बत्तीको भरपुर व्यवस्था, शुद्ध खानेपानी, , भन्सारमा भारतीय गाडीहरूलाई सहज रुपमा प्रवेश , महिला र पुरुषका लागि छुट्टा छुट्टै दर्शन गर्न लाइनको व्यवस्था सँगै हजारौँको सङ्ख्यामा स्वयं सेवक परिचालन गर्ने मेला समितिका अध्यक्ष यादवले बताए ।

एक महिनासम्म लाग्ने मेलामा नेपाल भारत लगायत सार्क राष्ट्रका श्रद्धालुहरू दर्शन गर्न आउने गर्दछन्। पशु बलिको रिपोर्टिङ गर्न संसारकै ठूला मिडियाका रिपोर्टरहरु गढीमाई केन्द्रित हुने गर्दछन् ।

Previous Post

मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

Next Post

पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल

पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In