• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’

by
२९ कार्तिक २०८१,
0
‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर सहर तथा विदेश जान थालेसँगै यहाँको खेतीयोग्य जमिन बाझिँदै गएको हो ।

एक दश अघिसम्म खदी गाउँका खेतमा प्रशस्त अन्न, तरकारी र फलफूल उब्जन्थ्यो । अहिले युवा शक्तिको अभावमा करिब चार सय ५० परिवारका अधिकांश जग्गा बाँझो रहेका स्थानीय बुद्धिजीवी हरिबहादुर बुढामगरले बताए । खदी गाउँको कालजुरा, लहाँ, चिन्चौर, बाँस्तला बजिनीलगायत गाउँका अधिकांशले आजभोलि खेती गर्न छोडेका छन् ।

बुढामगरले भने, ‘जनशक्ति अभावले खदीका स्थानीय खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य छन् । अध्ययन र रोजगारीका सिलसिलामा युवा पलायन हुँदा खुदी गाउँको रौनक हराएको छ ।’

तलि, सल्लेरी र पाटा गाउँ मिलेर खदी गाउँ बनेको छ । कुनै बेला युवा बाहुल्य रहेको खदी गाउँमा आजभोलि बिस्तारै बस्ती पातलिँदै गएको छ । युवा जनशक्ति शिक्षा र रोजगारीको खोजीमा गाउँ छोडेर बाहिरिँदा कालजुरा, लहाँ, बाँस्तला, चिन्चौरलगायतको बस्ती खाली हुने अवस्थामा पुगेका बुढामगरले बताए ।

गाउँघरमा चल्ने अर्मपर्ममा युवा भेट्नै मुस्किल हुन थालेको छ । टोल छिमेकमा मर्दापर्दा तथा सामुदायिक कार्यक्रममा युवाको सहभागिता कमै देखिन्छ । सरसफाइ, खानेपानी र बाटोघाटो निर्माणलगायत का वृद्धवृद्धाको भरमा सञ्चालन हुने गरेको उनले बताए ।

कालजुरा, लहाँ, चिन्चौरलगायत स्थानमा पहिले बाक्लो बस्ती थियो । यहाँका किसान खेतीपाती र पशुपालनबाट आत्मनिर्भर थिए । कुनै समय गुल्जार भएका ती गाउँ आजभोलि सुनसान छन् । मकै र गहुँ उत्पादन हुने यी गाउँका खेतीयोग्य जमिन बाँझिएका छन् । खेतीयोग्य जमिन बाँझो रहनुको कारण युवा पलायन हुनु र बाँदरबाट उत्पादित खेती बचाउन नसक्नु रहेको बुढामगरको भनाइ हो ।

परम्परागत कृषिबाट गुजारा नचलेपछि खदीका केही घरधुरी आठबिसकोट नगरपालिकाको राडी बजार, सदरमुकाम मुसिकोट, दाङ, सुर्खेतलगायत सहरमा बसाइँ सरेका छन् । वैदेशिक रोजगारीमा गएका कतिपय युवाले पनि सहरबजारतिर जमिन जोडेका छन् ।

बाध्यताले गाउँ छाडेर सहर पुगेका युवा त्यहीँ रमाएर गाउँ नफर्किँदा गाउँ रित्तिँदै गएको स्थानीय शिक्षक कमल रोकाको अनुमान छ । उच्च शिक्षाका लागि केही समय काठमाडौँमा रहेका उनले भने, ‘स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आधारभूत आवश्यकताको उचित प्रबन्ध हुन नसक्दा अवसरको खाजीमा गाउँ छाडेका युवा पुनः गाउँ फर्कँदैनन् ।’

आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विकले युवा पुस्ताले धमाधम गाउँ छाड्दा जनशक्ति अभावले खेतीयोग्य जमिन बाँझिदै गएकामा चिन्ता व्यक्त गरे ।

नगरपालिकाले आधुनिक कृषि प्रणाली अपनाएर उत्पादन वृद्धि गरी स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको भन्दै उनले युवाको अभावमा नगरको आत्मनिर्भर अभियान कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे ।

अहिले खदी गाउँमा खसी, राँगा तथा स्थानीय प्रजातिका कुखुरापालन हुन छोडेको स्थानीय नरबहादुर बुढाले बताए । ‘गाउँमा बाटो पुगेसँगै पहिलेको भन्दा सेवासुविधा पनि बढेको छ । यसका अवसरको खोजीमा गाउँ बाहिर जाँदा खेती गर्ने, पशुचौपालन गर्नेको कमी हुँदै गएको छ’, उनले भने । उनका अनुसार कुनै समय झारमारे, जलजला, बसेरा चरनक्षेत्र र बुकीपाटन पशुचौपायाले भरिनेमा अहिले पशुपालन नभएपछि बुकीपाटन रित्ता देखिन्छन् ।

‘बर्खायाममा गोठाला र पशुचौपायाले रमझम हुने खर्कहरू अहिले सुनसान छन् । कतिपय घरपरिवारले भने भेँडापालनलाई निरन्तरता दिँदै आएका छन्’, स्थानीय सुरेश विकले भने ।

जनशक्ति अभाव हुँदा जीर्ण बनेका घर पुनःनिर्माण भएका छैनन्, भत्केका घर झाँडीमा परिणत भएका छन् भने जमिन बाँझा छन् । कतिपय बस्तीसम्म सडक सञ्जाल विस्तार नहुँदा किसान काम गर्न घण्टौँ पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ ।

अत्यावश्यक पूर्वाधारको कमी, आधारभूत सेवाको पहुँच नुहुनु तथा युवा जनशक्तिको अभावलगायत कारणले खदी गाउँका स्थानीय कृषि पेसाबाट पलायन हुन थालेका स्थानीय बुद्धिजीवी रणबहादुर परियारले बताए । ‘पहिले गाउँलेहरू वर्षभरि खाना पुग्ने अन्न उत्पादन गर्न गाउँगाउँ गएर परम्परागत कृषिमा आबद्ध हुन्थे । अहिले पारिवारिक सदस्य कम हुँदा बिस्तारै परम्परागत कृषि पेसा छोड्दै गएका छन् ।’

रणबहादुरले घरमा काम गर्ने सक्ने सदस्यको कमी रहेको बताउँदै भएको बारी बेच्ने योजना बनाएको बताए । ‘छोराछोरी साना छन् । घरबारी बिक्री गर्न चाहे पनि खरिद गर्ने कोही छैनन् । सबैले गाउँ छाडेपछि किन्ने मान्छे पनि पाइँदैन’, उनले भने ।

खदी गाउँका अधिकांश परिवारमा रणबहादुरको कथा छ । वडा नं ३ का करविर परियारले काल्जुराको घर छाडेको आठ वर्ष भएको बताए । ‘बसोबास नभएपछि पुर्खाको घर भत्केको छ’, उनले भने, ‘काम गर्ने जनशक्ति नभएपछि अहिले थोरै क्षेत्रफलमा खेतीपातीसँगै बाख्रापालन गरेको छु ।’

सबैले घर छाडेपछि भत्किएका घरमा बाँदरको रजाइँ छ । बाबु, बाजेले रगतपसिना बगाएर जोहो गरेको पुर्ख्यौली ठाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत अवसर सृजना गरी युवा पलायनदर रोक्नुपर्ने स्थानीय बताउँछन् ।

खदी गाउँ पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यहाँबाट झारमारे लेक, जलजला, सिस्ने हिमाल र चित्रिपाटनको दृश्यावलोकन गर्न सकिन्छ । गाउँलाई व्यवस्थित गरी अवसर सृजना गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आर्थिक स्तर सुधार गर्न सकिने स्थानीयको भनाइ छ ।

Previous Post

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

Next Post

२२ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

सम्बन्धित खबर

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
आवाज

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

२३ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२३ बैशाख २०८३,
बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
फिचर-ब्यानर

बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

२३ बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्यमा नयाँ रेकर्डः आज कतिमा हुँदैछ कारोबार ?

२२ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In