• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लाहोर खतरनाक वायु गुणस्तरका कारण ‘लकडाउन’

by
२० कार्तिक २०८१,
0
लाहोर खतरनाक वायु गुणस्तरका कारण ‘लकडाउन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तान । सप्ताहन्तमा वायु–गुणस्तर सूचकाङ्क रेकर्ड उच्च विन्दुमा पुगेपछि सोमबार खतरनाक रूपमा खराब वायु गुणस्तरका कारण पाकिस्तानी अधिकारीहरू सांस्कृतिक राजधानी लाहोरमा एक हप्ताका लागि प्राथमिक विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।

एक करोड ४० लाख जनसंख्या भएको लाहोर शहरमा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी र अन्य रोगहरूबाट जोगाउने बृहत्तर प्रयासको हिस्साका रूपमा लाहोरमा यी कदम चालिएका हुन् । सरकारले लाहोरमा सबैले मास्क लगाउनु अनिवार्य भएको बताएको छ ।

शहरमा ‘हरित लकडाउन’ को हिस्साका रूपमा ५० प्रतिशत कर्मचारीले पनि घरबाटै काम गर्नुपर्ने सरकारले बताएको छ । साथै फिल्टर बिना बार्बेक्यू गर्न प्रतिबन्ध लगाइएको छ र मोटरचालित रिक्साहरूलाई सीमित गरिएको छ । विवाह हलहरू राति १० बजे बन्द गर्नुपर्नेछ । प्रदूषणसँग लड्न कृत्रिम वर्षाको प्रयोग गरिने सम्भावना रहेको छ ।

सप्ताहन्तमा लाहोरमा वायु–गुणस्तर सूचकाङ्क एक हजार नाघेको छ । यो पाकिस्तानमा रेकर्ड उच्च हो । भारतसँग सीमा जोडिएको पूर्वी पञ्जाब प्रान्तको राजधानी लाहोरमा गत महिनादेखि वायु गुणस्तर बिग्रन थालेपछि विषाक्त खैरो धुवाँले दशौँ हजार मानिस, मुख्यतया बालबालिका र वृद्धवृद्धाहरूलाई बिरामी बनाएको छ । सरकारले केही क्षेत्रमा निर्माण कार्यमा पनि प्रतिबन्ध गरेको छ र धुवाँ उत्सर्जन गर्ने सवारी साधनका मालिकहरूलाई जरिवाना गरेको छ । सरकारी सूचनाअनुसार प्रदूषणका कारण विद्यालयहरू एक हप्ताका लागि बन्द रहनेछन् ।

पञ्जाब वातावरण संरक्षण विभागका अनुसार हावामा पिएम २.५ वा सूक्ष्म कणको मात्रा ४५० नजिक पुगेको छ र यसलाई खतरनाक मानिन्छ । लाहोर एक समय बगैँचाहरूको शहरका रूपमा चिनिन्थ्यो र यो १६औं देखि १९औं शताब्दीसम्मको मुगल कालमा सर्वव्यापी थियो । यद्यपि द्रुत शहरीकरण र जनसंख्या वृद्धिले हरियालीका लागि थोरै ठाउँ मात्र छोडेको छ ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

नेपालको स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध

सम्बन्धित खबर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
शिखर पावरको आईपीओ बाँडफाँड
समाचार

शिखर पावरको आईपीओ बाँडफाँड

३ चैत्र २०८२,
Load More
Next Post
नेपालको स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध

नेपालको स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In