• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो, दर्शक भन्छन्–धरधरी रुवायो

by
१७ कार्तिक २०८१,
0
‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो, दर्शक भन्छन्–धरधरी रुवायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गते अर्थात् बिहीबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले यतिबेला चौतर्फी चर्चा पाउन थालेको छ।

मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट बाहिरिएको दृश्यले यसको प्रभाव गहिरो रहेको संकेत गर्छ।

चलचित्रले दर्शकहरूलाई गहिरो भावनात्मक प्रभाव पार्दै हलबाट रुँदै निस्कन बाध्य बनाएको छ। प्रदर्शनको सुरुवातसँगै निर्माण टिम र चलचित्रका कलाकार दर्शकसँग साक्षात्कार गर्न राजधानीका विभिन्न सिनेमा घर पुगेका थिए।

चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखाभरि आँसु लिएर फिर्किएको देखिन्छ। अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए- चलचित्रले धरधरी रुवायो।

सिनेमाका मुख्य कलाकार विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली हल-हल पुग्दा यस्तो देखिन्थ्यो अहिले दर्शकहरूले तिहारको देउसी भैलोभन्दा पनि ‘पूर्ण बहादुरको सारङ्गी’को गहिरो प्रभाव महसुस गरिरहेका छन्।

सिनेमाले कथाको गहिराइ र सांस्कृतिक पक्षप्रति दर्शकको भावनालाई यसरी छुन्छ कि दर्शकहरू हलबाट रुँदै निस्कन्छन्, दर्शकहरूको प्रतिक्रियाले ‘पूर्ण बहादुरको सारङ्गी’अपेक्षा गरेभन्दा बढी राम्रो रहेको संकेत दिएको छ। यसले चलचित्रका लागि अब्बल ‘वर्ड अफ माउथ’मा साथ दिएको छ।

सिनेमाको कथावस्तु, कलाकारहरूको दमदार अभिनयले ‘पूर्ण बहादुरको सारङ्गी’लाई नेपाली फिल्म उद्योगमा एउटा प्रभावशाली सिनेमा बन्न सक्ने धेरैको विश्वास छ। चलचित्रले दर्शकको मन जित्न सफल भएकोले आगामी दिनहरूमा यसले अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

बाबु-छोराको सम्बन्धलाई विशेष ध्यान दिएको सिनेमाले गन्धर्व  समुदायको सांस्कृतिक महत्त्व र अस्तित्व जोगाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोणलाई उजागर गरेको छ। निम्न वर्गका परिवारले माथि उठ्न खोज्दा हुनेखानेहरूले गर्ने व्यवहारलाई पनि सिनेमामा देखाइएको छ। यस विषयमा दर्शकहरूले सामाजिक सञ्जालमा विभिन्न सकारात्मक प्रतिक्रिया दिएका छन्। यस्तै, समीक्षकहरूले सिनेमा सराहना गरेका छन्।

सरोज पौडेलको निर्देशनमा बनेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटा र आलिशा बास्तोलाको अभिनय देख्न पाइन्छ।

सेभेन सिस सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। सिनेमामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा रहेका छन्।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। सिनेमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ।

यो सिनेमालाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो।

Previous Post

दिनभर मुड ताजा राख्न बिहान अपनाउनुहोस् यी राम्रा बानी

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In