• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

by
१६ कार्तिक २०८१,
0
यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्व छ। शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन छ। झिलिमिली बत्तीको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रुपमा मानिन्छ।

हिन्दु दर्शन अनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिन्छ। पूजाका क्रममा चाहिने सामाग्रीहरुको किनमेल र व्यापार पनि यसै समयमा चम्किने गर्छ।

अन्य पर्वमा प्रयोग गरिने धार्मिक तथा सांस्कृतिक सामाग्रीहरुझैँ तिहारमा पनि अनेकौँ सामाग्रीहरुको प्रयोग गर्ने परम्परा छ। ती सामाग्रीहरुले सदैव तिहारको झल्को दिने गर्छ। तिहारमा प्रयोग हुने केही महत्वपूर्ण सामाग्रीहरुको बारेमा यहाँ चर्चा गरिएको छ।

फूल र माला

तिहारका लागि अति आवश्यक सामाग्री मध्ये पर्छ फूल र माला। फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्व रहेको पाइन्छ। घर सजाउनदेखि पूजा आराधना गर्न यीनै फूलको प्रयोग हुन्छ। लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीको प्रयोग गरिन्छ।

कुकुर, गाई, गोरु साथै दिदीबहिनी तथा दाजुभाईलाई फूलको माला पहिर्याउने प्रचलन छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भन्ने मान्यता अनुरुप भाइटीकामा यसको माला लगाउने चलन छ।

रातो माटो

तिहारमा रातोमाटोको विशेष महत्व छ। लक्ष्मीपूजाका दिन रातो माटोको डोरो बनाई घरमा लक्ष्मी भित्राइन्छ। आँगन, तुलसाको मोठ अर्थात घरको मुलढोका हुँदै भण्डारसम्म रातो माटोको डोरो बनाएर पोत्ने चलन छ। रातो माटोलाई पवित्र मानिने भएकाले भाइटीका वा गोबर्द्धन पूजा गर्ने बेलामा पनि रातो माटोको प्रयोग गर्ने गरिन्छ।

सप्तरंगी वा अविर केसरी

बजारमा सप्तरंगी टिका देख्नासाथ तिहारको झल्को पाइन्छ। तिहारका हरेक दिन पूजा आराधना गर्दा अविर केसरीको आवश्यकता पर्छ। भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाउने चलन छ। अष्टचिरिञ्जीवीको पूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ। लक्ष्मीपूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ।

भाइ मसला

तिहारको पूर्वसन्ध्यामा बजारमा भाइ मसलाको विक्री अत्याधिक बढ्छ। किनकी तिहारमा भाइ मसला नभइ नहुने सामाग्री हो। विभिन्न मसलाहरु राखेर प्याक गरिएको भाइ मसलामा नरिवल, काजु, किसमिस, सुकमेल, ल्वाङ, सुपाडी, छोकडा, दालचीनीलगायतका मिश्रित सामाग्रीहरु हुन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि यस्ता सामाग्री दिने चलन छ। नेवारी समुदायमा म्ह पूजा गर्दा पनि भाइमसला दिने संस्कार छ।

चामलको पीठो

तिहारमा सेलरोटी वा मिठाइका परिकार बनाउन चामलको पिठो अनिवार्य मानिन्छ। त्यो भन्दा पनि लक्ष्मीपूजाका दिन चामलको पिठो आवश्यक पर्छ।घरको मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीकोप्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्न पिठो आवश्यक पर्छ। गोबर्द्धनपूजामा पनि पिठोको प्रयोग हुन्छ।

तेल र घिउ

तिहार पाँचै दिन आवश्यक पर्ने सामाग्री मध्ये तेल र घिउको उत्तिनै महत्व छ। सेलरोटी साथै मिठाइहरु बनाउन तेलको प्रयोग गरिन्छ। दियो बाल्न र भाइटीकाको दिन दाजुभाईको कपालमा लगाउन पनि शुद्ध तोरीको तेल चाहिन्छ।

मैनबत्ती र धुप

घरआँगनको उज्यालो बनाउन र मिठो सुगन्धका लागि तिहारमा मैनबत्ती र धुप आवश्यक पर्छ। तिहारका प्रत्येक साँझ र विहान पूजा आराधना गर्दा मैनबत्ती र धुप बाल्ने गरिन्छ।

कालो भटमास र मासको गेडा

प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा म्हःपूजा गर्ने चलन छ। नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर गरिने यस पूजाका अवसरमा कालो भटमास र मासको गेडाको आवश्यकता पर्दछ। हाँस वा कुखुराको फूल सगुन चढाइ तान्त्रिक विधिबाट गरिने पूजामा अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलोको प्रयोग गरिन्छ।

ओखर र विमिरो

तिहारको अन्तिम दिन अर्थात भाइटिकामा अति आवश्यक पर्ने ओखर र विमिरोको विशेष महत्व छ। भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ। ओखरले दाजुभाईको कालको बाटो छेक्ने विश्वास गरिन्छ। भाइटीकाकै अवसरमा दियो, कलस, गणेश साथै विमिराको पनि पूजा गर्ने चलन छ।

दुवो र कटुस

तिहारका अन्य दिन दुवो र कटुसको खासै प्रयोग नआए पनि भाइटीकाका दिन अनिवार्य मानिन्छ। दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्दै दूबोको टीका वा माला र कटुसको प्रयोग गर्ने चलन छ। दिदीबहिनीले दाजुभाईको दीर्घायुको कामना गर्दै दुबो लगाइदिने प्रचलन छ।

गाईको गोबर

तिहारमा घरआँगन पवित्र बनाउन गाईको गोबरले लिपपोत गर्ने प्रचलन छ। हिन्दु संस्कार अनुसार शरीर शुद्धीका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइने भएकाले गोबर आवश्यक पर्छ।

पाला तथा दियो

तिहारमा घर उज्यालो बनाउन पाला वा दियोको धेरै प्रयोग गरिन्छ। माटोबाट बनेको पालामा तेल राखेर कपासको बात्ती बाल्ने गरिन्छ। लक्ष्मी भित्राउन दियोको धेरै महत्व हुन्छ।

Previous Post

तिहारको समयमा माछाको मूल्यमा वृद्धि

Next Post

कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही

सम्बन्धित खबर

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
Load More
Next Post
कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही

कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In