• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दीपावली पर्व : उल्लासमय मिथिलाञ्चल क्षेत्र

by
१३ कार्तिक २०८१,
0
दीपावली पर्व : उल्लासमय मिथिलाञ्चल क्षेत्र

आइतबार राती बत्तीको झिलिमिलीमा सजिएको जनकपुरधामस्थित जानकी मन्दिर । तस्बिर: अजयकुमार साह/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो ।

मिथिलामा आज दीपावलीको पहिलो दिन ‘धनतेरस’ मनाइँदै छ । धनतेरससँगै यस वर्ष तिहार (दीपावली) आज सुरु हुनेछ । दीपावलीका लागि अहिले मिथिला क्षेत्रका सबैजसो घर रङरोगन गरेर चम्काइएका छन् । सबैका घरमा आफ्नो दक्षताअनुसार रमाइलो पर्व दीपावलीको तयारी गरिएको स्थानीय बताउँछन् । धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ ।

यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ । पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । आजदेखि सुरु भएको यो पर्व आगामी आइतबार भ्रातृद्वितीया अर्थात् मैथिल परम्पराको भैयादूज मनाइएर सम्पन्न गरिनेछ ।

यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गोधन र भैयादुज मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेस्रो दिन कात्तिक औँसीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ । मिष्ठान्न परिकार खाने खुवाइने यो पर्वको चौथो दिन गाईगोरुलाई रङ्ग्याउने, सिङ र खुरमा तोरीको तेल लगाइदिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचिकर खानेकुरा दिने मैथिल चलन छ । यसैदिन गोवर्द्धन पूजा पनि गरिन्छ । यस दिनलाई गोवर्द्धन भन्ने गरिएको छ ।

पौराणिक कथानक पाताललोकका राजा बलिको सन्दर्भ जोडिने यो पर्वमा कात्तिक शुक्ल द्वितीयाका दिन ‘भैयादुज’ पर्व मनाउने मैथिल परम्परा छ । राजा बलिलाई बहिनी गङ्गा र यमुनाले मङ्गल कामनाका साथ सप्तरङ्गी टीका र माला लगाइदिएका सम्झनामा यो पर्व परम्परा चलेको मैथिल जनविश्वास छ । पर्वको पहिलो दिन कागतिहार र दोस्रो दिन कुकुर पूजा गरिने परम्परा भने मिथिलामा देखिँदैन ।

मैथिल ‘यमपञ्चक’ पर्व विधिमा पनि कागपूजा र स्वानःपूजा (कुकुरपूजा) को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताए । उनका अनुसार यो व्यवहारमा भने देखिँदैन । दीपावली पर्वसँगै अहिले घरको रङरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको व्यापार बढेको स्थानीय व्यापारी बताउँछन् ।

दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल समुदाय अहिले व्यस्त देखिन्छन् । यमपञ्चक सकिनासाथ लगत्तै दुई दिनपछि सुरु हुने छठ र छठसँगै थालिने सामाचकेवा पर्वको रमझम र तयारी पनि मिथिला क्षेत्रमा बढेको झाले बताए । यसले गर्दा जताततै पर्वको रमझमले मिथिला क्षेत्र अहिले पर्वमय बनेको छ ।

Previous Post

अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

Next Post

रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ

सम्बन्धित खबर

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
आवाज

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

२२ अशोज २०८३,
तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस
समाचार

तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

२२ अशोज २०८३,
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
समाचार

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

२२ अशोज २०८३,
Load More
Next Post
रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ

रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In