• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दीपिकादेखि टेलर स्विफ्टसम्म: यी हुन् विश्वका उत्कृष्ट दश सुन्दरी

by
११ कार्तिक २०८१,
0
दीपिकादेखि टेलर स्विफ्टसम्म: यी हुन् विश्वका उत्कृष्ट दश सुन्दरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– सुन्दरता मानिसको आँखामा भर पर्छ । यही कारण ठाउँअनुसार सुन्दरताको मापदण्ड पनि फरक रहेको पाइन्छ । सुन्दरताको कुनै एउटा मत वा आधार भन्ने हुँदैन । यसो भनिरहँदा संसारमा सुन्दरताको मापन नहुने भने होइन । विभिन्न मापदण्ड र विशेषताको आधारमा सुन्दरताको मापन हुने गरेको पाइन्छ ।

तर तपाईँलाई थाहा छ? संसारमा सुन्दर महिलाको सूचीमा को को छन् ? उनीहरुलाई केको आधारमा संसारको सुन्दरताको ताज पहिराइयो वा सुन्दर भनेर घोषणा गरियो ? वैज्ञानिक मापदण्डका आधारमा उनीहरुलाई विश्वकै सुन्दर महिला घोषित गरिएको हो ।

‘गोल्डेन रेसियो’ लाई ग्रीक गणितज्ञहरुले सुन्दरताको मापनका रुपमा हेरेका थिए । छनौट भएका महिलाहरुको नाक, आँखा, ओठ र अनुहारजस्ता विभिन्न भागहरुलाई हेरेर यो मूल्यांकन गरिएको हो । सो मूल्यांकनको आधारमा उनीहरुको नामसमेत सार्वजनिक गरिसकेको छ । यीमध्ये अधिकांश अमेरिकन नागरिक रहेका छन् ।

यी हुन् ती विश्वका १० सुन्दर महिला

जोडी कमर

जोडी कमर बेलायती अभिनेत्री हुन् । उनी गोल्डेन रेसियोको आधारमा विश्वको सबैभन्दा सुन्दर महिलाको सूचीमा परेकी छिन् । उनलाई सो रेसियोको आधारमा ९४ दशमलव ५२ प्रतिशत अंक दिइएको छ । उनी विश्वको सबैभन्दा सुन्दरी महिला हुन् ।

जेन्ड्या

विश्वको दोस्रो सुन्दरी महिलाको रुपमा अमेरिकी अभिनेत्री जेन्ड्या परेकी छिन् । उनी अमेरिकी अभिनेत्रीसँगै गायिका पनि हुन् । उनलाई सुन्दरता र अनुग्रहको लागि समेत चिनिने गरिन्छ । उनले सो मूल्यांकनमा ९४ दशमलव ३७ अंक ल्याएकी छिन् ।

बेल्ला हदिद

विश्वको तेस्रो सुन्दरी महिलामा अमेरिकाकी मोडल बेल्ला हदिद परेकी छिन् । उनी लामो समयदेखि आफ्नो आकर्षक लुक्सका कारण चर्चित छिन् । उनलाई गोल्डन रेसियोको आधारमा ९४ दशमलव ३५ प्रतिशत नम्बर दिइएको छ  ।

बेयोन्स

विश्वकी चौथोँ सुन्दरी महिलाको रुपमा अमेरिकी नागरिक बेयोन्स परेकी छिन् । उनी गायिकासँगै अभिनेत्री पनि हुन् । उनले सो मुल्यांकनमा ९२ दशमलव ४४ अंक पाएकी छिन् । अमेरिकासँगै विभिन्न देशको सञ्चार माध्यममा उनको आत्मविश्वास र सुन्दरताको समाचार बनिरहेको हुन्छ ।

एरियाना ग्राण्डे

एरियाना ग्राण्डे अमेरिकन पप गायिका तथा अभिनेत्री हुन् । उनी विश्वको पाँचौँ सुन्दर महिला हुन् । उनले गोल्डेन रेसियोका आधारमा ९१ दशमलव ८१ नम्बर पाएकी छिन् । उनको आँखा र अनुहार निकै सुन्दर छ । यसैको आधारमा उनलाई यसमा छनोट गरिएको हो ।

टेलर स्विफ्ट

विश्वको सुन्दर महिलामध्ये छैटौँ स्थानमा परेकी छिन् अमेरिकाकी टेलर स्विफ्ट । उनी अमेरिकन गायिका तथा गीतकार पनि हुन् । उनले गोल्डेन रेसियो आधारमा ९१ दशमलव ६४ अंक पाएकी छिन् । उनी क्लासिक लुक र आकर्षकसमेत छिन् ।

जोरडन डुन

जोरडन डुन ब्रिटिश मोडेल हुन् । उनी विश्वको सातौँ सुन्दर महिलामा छनौट भएकी छिन् । उनले यसको लागि ९१ दशमलव ३९ प्रतिशत नम्बर पाएकी छिन् । उनी आफ्नो सुन्दर अनुहार र अनौठो फेसन सेन्सले विश्वभर परिचित छिन् ।

किम कार्डशियन

किम कार्डशियन अमेरिकन नागरिक हुन् । उनी विश्वको आठौँ सुन्दर महिलामाको रुपमा सूचीकृत भएकी छिन् । उनी अमेरिकाको रियालिटी टिभी स्टार र व्यवसायीको रुपमा रहेकी छिन् । उनले गोल्डेन रेसियोमा ९१ दशमलव २८ प्रतिशत अंक पाएकी छिन् । उनको अनुहार र शरीरको टोन सधैँ चर्चामा रहन्छ ।

दीपिका पादुकोण

भारतीय अभिनेत्री दीपिका पादुकोण विश्वको सुन्दरी महिलामध्ये नवौँ स्थानमा परेकी छिन् । उनको सुन्दरताको बारेमा कस्टारहरुमा निकै चर्चा हुने गर्दछ । उनले गोल्डेन रेसियोमा ९१ दशमलव २२ प्रतिशत अंक पाएकी छिन् । उनी आफ्नो अनुपम सुन्दरता र आकर्षक मुस्कानका लागि परिचित छिन् ।

होयोङ जङ्ग

उनी कोरियाली मोडेल तथा अभिनेत्री हुन् । उनी दशौँ सुन्दर महिलामा सूचीकृत भएकी छिन् । उनले ८९ दशमलव ६३ प्रतिशत अंक ल्याएकी छिन् ।

Previous Post

नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो

Next Post

पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’

पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In