• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

    सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको सहयोगमा निर्माण गरिएको गल्याङ नगर अस्पतालको भवन उद्घाटन

by
१० कार्तिक २०८१,
0
भारतको सहयोगमा निर्माण गरिएको गल्याङ नगर अस्पतालको भवन उद्घाटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ४.०१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालको अस्पताल भवनको उद्घाटन गरिएको छ ।

भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख श्रीप्रसाद जि.टी. र गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, अस्पताल व्यवस्थापनका प्रतिनिधि, चिकित्सक, मेडिकल स्टाफ सदस्य तथा गल्याङ नगर अस्पतालका अधिकारीको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग गल्याङ नगर अस्पताललाई आवश्यक अन्य सुविधा, चिकित्सकीय उपकरणको व्यवस्थासँगै अस्पताल भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, स्याङ्जामार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख, गल्याङ नगरपालिकाका नगर प्रमुख, राजनीतिक प्रतिनिधि र अस्पताल व्यवस्थापनका प्रतिनिधिहरुले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले एउटा सानो भाडाको घरमा सन् २०१० मा गल्याङ सामुदायिक अस्पतालको स्थापना गरेका थिए । गल्याङ नगरपालिकाको आर्थिक सहयोग रहेको उक्त अस्पतालको नाम परिवर्तन गरी अहिले गल्याङ नगर अस्पताल राखिएको छ । अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यस अस्पतालका लागि निर्माण गरिएको नवनिर्मित संरचना नेपालका जनतालाई गुणस्तरीय पूर्वाधार र स्वास्थ्य सेवामा गुणस्तरीय वातावरण उपलब्ध गराउन उपयोगी हुनेछ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Previous Post

इजरायलद्वारा इरानमाथि आक्रमण शुरु

Next Post

माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

सम्बन्धित खबर

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
समाचार

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

११ बैशाख २०८३,
सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ
समाचार

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

११ बैशाख २०८३,
नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज
समाचार

नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

११ बैशाख २०८३,
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत
समाचार

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

११ बैशाख २०८३,
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
फिचर-ब्यानर

डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

११ बैशाख २०८३,
सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?
फिचर-ब्यानर

सशस्त्रका आइजीपी दाबेबार पौडेलमाथि जेनजी प्रदर्शन दबाउने ‘चार्ज’ ! को बन्ला नयाँ आईजीपी ?

११ बैशाख २०८३,
Load More
Next Post
सरकारविरुद्धको प्रदर्शनमा माओवादीले ३० हजार मानिस उतार्ने

माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In