• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

    बडीमालिका मुख्य पूजासहित मेला

    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला

by
५ कार्तिक २०८१,
0
रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : युक्रेनको बुचा शहर, जहाँ रात पर्नेबित्तिकै रुसका ड्रोनको झुण्ड बर्सिन थाल्छन्, ठिक त्यही वेला निस्कन्छन् केही महिला।  युक्रेनको एयर डिफेन्स युनिटको यो भोलुन्टिएर समूहमा धेरैजसो महिला आबद्ध छन्। धेरैभन्दा धेरै संख्यामा पुरुषहरुलाई युद्धको अग्रिम मोर्चामा पठाउने गरिएको छ र यस्तो अवस्थामा दिउँसो शिक्षक र डाक्टर रहेका महिला रातको समयमा युक्रेनको आकाशको रक्षा गरिरहेका छन्।

रुसी सेनाले भयानक आक्रमण गरी बुचा शहर कब्जा गर्दाको विवशताबाट बाहिर आउन पनि उनीहरू खटिरहेको बताउँछन्। हत्या, यातना र अपहरण जस्ता घटनाले भरिएका ती डरलाग्दा दिनका भोगाइले उनीहरूलाई अहिले पनि झस्काउँछ र केही गर्न नसकेकोमा आत्मग्लानि हुन्छ। सन् २०२२ मार्चको अन्यतिर युक्रेनी सेनाले बुचालाई कब्जामुक्त गराएको थियो, त्यही बेलादेखि महिला रक्षाकर्मी बनेर बाहिर आउन थालेका थिए।

पुराना हतियार

भ्यालेन्टिना पशु चिकित्सक हुन्, जो ड्रोन बस्टर्सको रुपमा आबद्ध भइन्। उनको कल साइन अर्थात बोलाउने नाम ‘भाल्किरी’ राखिएको छ। ‘म ५१ वर्षकी भएँ, मेरो तौल १०० किलो छ, दौडन सक्दिन, उनले भनिन्, ‘मलाई प्याकेजिङको काम सुम्पिन्छन् जस्तो लागेको थियो, तर ड्रोन बस्टर्स टिममा लिए।’ उनका धेरै साथी युद्धमा मारिए।

‘यो किट गह्रौँ छ तर हामी महिला पनि गर्न सक्छौँ’ उनी भन्छिन्। भ्यालेन्टिनाको युनिट पूरै इलाकामा हवाई अलर्ट जारी भएपछि आफ्नो बेसबाट जंगलतर्फ भाग्छ र चारजनाको टिम आफ्ना हतियार तैनाथीका लागि अगाडि बढ्छ। तर तिनको मेसिन गन पुराना छन्। हतियारको बाकसमा सोभियत संघको जमानाको छाप छ। भ्यालेन्टिनाको टिममा एक मात्र पुरुष स्यारी पनि छन्।

ड्रोनको सामना

महिलाहरू पुरानो समयको हतियारबाटै अहिलेसम्म ३ वटा ड्रोन खसालेको बताउँछन्। भ्यालेन्टिनाको साथी इना, करिब ५० वर्षकी भइन्। समूहमा आबद्ध भएको पहिलोपटक नै उनलाई बाहिर पठाइयो। त्यो समय निकै खतरनाक रहेको अनुभव सुनाउँदै उनी बच्चालाई जन्म दिँदाको डरलाग्दो क्षणसँग तुलना गर्छिन्। ‘चेरी’ कल साइन पाएकी इना तीन सन्तानकी आमा हुन्। गणित विषय अध्यापन गर्ने चेरीलाई धेरै पटक जंगलबाट सिधै पठाउन कक्षाकोठातर्फ दौडिनुपरेको छ।

‘म आफ्नो कपडा, जुत्ता कारमा राख्छु। लिपिस्टिक लगाउँछु र कारमा बस्छु। कुनामा गएर कपडा फेर्छु र पढाउन जान्छु। फेरि युद्धको मैदानमा फर्किन्छु। पुरुष बाँकी छैनन्, तर हामी छौँ। युक्रेनी महिला सबै काम गर्न सक्छन्’, उनी सुनाउँछिन्।

भोलुन्टियर युनिटको कुनै सार्वजनिक तथ्यांक नभएकाले कति महिला आबद्ध छन् भन्ने पनि यकिन छैन। तर रुसले विस्फोटक पदार्थले भरिएका ड्रोन पठाउँदा यो युनिट ठूला शहर र शहर वरिपरि सुरक्षाको ठूला ढाल बनाउन मद्दत गरिरहेको छ।

बचेनन् पुरुष

भोलुन्टिएरका कमान्डर एन्द्रेई भार्लेती पूर्वी डोनबास क्षेत्रको पोक्रोवस्कबाट फर्किएका थिए, जहाँ अहिलेसम्मकै सबैभन्दा भिषण लडाइँ चलिरहेको छ। एन्द्रेईसँग करिब २०० जना मान्छे थिए, जसले बुचा क्षेत्रमा मोबाइल एयर डिफेन्स युनिटहरु सञ्चालन गर्थे र कर्फ्यूको समयमा राती गस्ती गर्थे।

उनी पूर्ण सैन्य सेवाका लागि अयोग्य थिए। युक्रेनले आफ्नो सैन्य परिचालन कानून परिवर्तन गरेपछि थप सिपाहीको आवश्यकता पर्दा उनी पनि योग्य ठहरिए। ‘मेरा ९० प्रतिशत पुरुष सेनामा भर्ती भए भने १० प्रतिशत लुकेर बसेका थिए’, कर्नेल भार्लेतीले भने, ‘हामीसँग सायद कोही बाँकी छ। बचेका पुरुषहरूको पनि कसैको खुट्टा छैन। कसैको आधा खोपडी मात्र बाँकी छ।’

सैनिकको रूपमा मोर्चा सम्हाल्ने भूमिकाको लागि तोकिएको उमेरभन्दा कम उमेरका पुरुषहरू भर्ती गर्ने वा महिलाहरू समावेश गर्ने दुई विकल्प उनीसामु थियो। ‘शुरुमा महिलालाई समावेश गर्ने विचारलाई ठट्टाको रूपमा लिइयो। महिलालाई कम विश्वास गरियो। तर अहिले यो सोच पूरै परिवर्तन भएको छ’ उनी भन्छन्।

महिलाहरू आफ्नो सप्ताहान्तको अधिकांश समय बृहत सैन्य प्रशिक्षणमा बिताउँछन्। ‘मलाई मेरो पेशा, बच्चाहरूको आतंक याद छ’, गहिरो सास फेर्दै भ्यालेन्टिना भन्छिन्, ‘दौडिदै गर्दा छरिएका लाशहरू याद आउँछ।’ उनको परिवार मारिएका सैनिक र नागरिकको शव छल्दै बुचाबाट भागेको थियो। रूससँग युद्ध शुरु भएको लगभग एक हजार दिन पछि उनको देशमा निराशाको बादल मडारिएको छ।

‘हाम्रो जीवन पूर्णतया परिवर्तन भएको छ’ उनी भन्छिन्, ‘हाम्रा भावी योजनाहरु अलपत्र परेका छन्। तर म यो युद्ध चाँडै अन्त्य गर्न मद्दत गर्न यहाँ खटेको छु, यो युद्ध हामीविना समाप्त हुनेछैन।’

हातमा राइफल बोकेर, सेनाको जुत्ता लगाएकी ५२ वर्षीया आन्या, जो अफिस म्यानेजरको जिम्मेवारी निर्वाह गरिरहेकी छिन्। सैन्य तालिमले आफूलाई थप शक्तिशाली बनाएको उनी महशुस गर्छिन्। ‘न म कसैलाई मद्दत गर्न, न आफ्नो रक्षा गर्न सक्षम थिए, त्यसैले म हतियार कसरी प्रयोग गर्ने भनेर सिक्न चाहन्थेँ’ उनी भन्छिन्।

बुचालाई कब्जा गरेपछि, रूसी सैनिक घरघर जान थालेको स्मरण गर्दै उनी थप्छिन्, उनीहरूले हत्या र बलात्कार गरे। जुन दिन आक्रमणकारी बालबालिकालाई मार्न आउँदैछन् भनेर हल्ला फैलियो, त्यस दिन रुसीहरूलाई कहिल्यै माफ नगर्ने निर्णय लिए।’ यद्यपि त्यसपछि त्यहाँ रूसी सैनिक आएनन् र तिनीहरूले कारबाही गर्नुपरेन।

महिलाहरु भने अझै पनि त्यो क्षण सम्झेर आतंकित महशुस गर्छन्। त्यो समयले पिरोलेका उनीहरुले आफू, परिवार र देश जोगाउने तालिम लिएपछि पहिलोपटक राहत महशुस गरेको सुनाए। ‘अब म त्यति धेरै कहिल्यै डराउने छैन र कुनै घटनाको शिकार भएर चुपचाप बस्ने छैन’, उनी भन्छिन्।

Previous Post

चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य

Next Post

जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री, कति छ सम्पती ?

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्
आवाज

बडीमालिका मुख्य पूजासहित मेला

११ भदौ २०८३,
आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई
आर्थिक

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

११ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

११ भदौ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
समाचार

बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

११ भदौ २०८३,
Load More
Next Post
जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री, कति छ सम्पती ?

जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री, कति छ सम्पती ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In