पोखरा, १४ पुस । गण्डकी प्रदेशका प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदहरुलाई शपथ गराएका हुन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण समारोहमा सांसदहरुलाई निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित निर्वाचन निर्वाचित प्रमाणपत्रसहित राष्ट्रिय पोशाक वा जातीय पहिचान झँल्किने पोशाकमा उपस्थित भएका थिए ।
गण्डकी प्रदेशका ६० सदस्य मध्ये कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र एकीकृत समाजवादीको एक जना छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।













