• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

    अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल

    अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’

by
५ कार्तिक २०८१,
0
‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का किसान रामप्रसाद पौडेलसँग खेती गर्ने प्रशस्त जमिन नभए पनि कृषि क्षेत्रमा योगदान पुर्‍याउने रहरलाई अभावले रोकेन ।

‘खाने मुखलाई जुगाले छेक्दैन’ भने झै कृषिमा क्रान्ति गर्ने उनको रहरलाई इच्छाशक्ति र मेहनतले सार्थकता दिलाएको छ । पौडेल आफूसँग जग्गा नहुँदा पनि कृषि व्यवसाय गरेर प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । हेटौँडा– १२ मा जग्गा भाडामा लिएर पौडेलले कृषि कर्म गरिरहेका छन् ।

आफूलाई भूमिहीन किसान बताउने पौडेलले हेटौँडा– १२ मा जग्गा भाडामा लिएर कृषिकर्म गरिरहेको मात्रै छैन तरकारी बेचेर मासिक ५० हजारसम्मको नाफासमेत गरिरहेका छन् ।

भाडामा लिएको करिब सात कठ्ठा जग्गामा मौसम अनुसारका गोलभेँडा, काँक्रो, बन्दा, मुला, भेडेखुर्सानीलगायत विभिन्न किसिमका तरकारी उत्पादन गरेर वार्षिक रु १२ लाखसम्मको कारोबार हुने पौडेलले बताए । उनका अनुसार सबै खर्च कटाएर मासिक रु ५० हजारसम्म बचत हुने गरेको छ ।

नियमित उत्पादन हुने धान, मकैलगायत अन्नपातबाट थप आम्दानी हुने गरेको पौडेलले बताए। यस वर्षदेखि थप जग्गा भाडामा लिएर टनेल खेती विस्तार गर्ने योजना बनाएको उनले जानकारी दिए ।

यसअघि विदेशी संस्थाको सहयोगमा हेटौँडा उपमहानगरले तयार गरेको टनेलमा गोलभेँडा र बन्दाकोभी लगाएका थिए । खेती गर्न अनुदानमा प्राप्त हाते ट्र्याक्टर प्रयोग गर्दै आएका पौडेलले सरकारले विगतमा कृषि क्षेत्रलाई खासै महत्व नदिएको भए पनि हालका दिनमा सहयोग गरिरहेको बताए ।

प्राङ्गारिक मलको प्रयोग गरेर अर्गानिक खेती गर्दै आएको बताउने पौडेलले आगामी दिनमा खेती विस्तार गरी बेमौसमी तरकारी उत्पादन गर्ने योजना रहेको सुनाए ।

पौडेलको कृषिप्रतिको जाँगरलाई आफूले प्रोत्साहन र सहयोग गरिरहेको स्थानीयवासीसमेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले बताए । उनका अनुसार जिल्लालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले जिल्ला समन्वय समितिले सहयोग र समन्वयमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

तरकारी उत्पादन, पशुपालन, माछापालन र अन्य कृषि उपजको उत्पादनमा मकवानपुरका हरेक स्थानीय तहबीच अनुभव, प्रविधि र सीप आदानप्रदान गराएर कृषि उत्पादनमा जिल्लालाई अगाडि बढाउन आफूहरु लागिरहेको जिल्ला समन्वय समितिका प्रमुख घलानले उल्लेख गरे । पौडेल जस्ता कृषि कर्ममा रुचि भएका नागरिकलाई सहयोगका लागि समन्वय गरिने उनको भनाइ छ ।

बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश सरकारले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताए । कृषि उत्पादन बढाउने गरी सुरु गरिएको कृषि उद्यमलाई सदैव सहयोग गरिने उनको भनाइ छ । सरकारको प्राथमिकता एकीकृत खेती भएकाले सोही अनुसार एकीकृत खेती प्रणालीलाई सहयोग गर्दै आधुनिक कृषिमा जोड दिने उनले बताए ।

कृषि क्षेत्र विकासको मेरुदण्ड रहेको भन्दै मन्त्री श्रेष्ठले आर्थिक समृद्धि प्राप्त गर्न कृषिलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै कृषि उत्पादनमा जोड दिन सबैलाई आग्रह गरे । प्रदेश सरकारको कृषि र पशुपालन सँगसँगै लैजाने नीति रहेको बताउँदै कृषिलाई निर्वाहमुखी भन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रदेशका एक सय १९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने योजना प्रदेश सरकारको रहेको बताउँदै मन्त्री श्रेष्ठले ‘एक गाउँ एक उत्पादन क्षेत्र’को अवधारणामा सरकार अघि बढिने जानकारी दिए। उनले विपद्का कारण कृषि क्षेत्रमा भएको क्षतिपूर्तिका लागि कार्यक्रम ल्याइने बताउँदै उचित तटबन्दको व्यवस्था गर्न, कृषिमा लागत कम गरी उत्पादन बढाउन सरकारले योजनाबद्ध रुपमा काम गर्ने जानकारी दिए ।

पौडेल मात्र नभई हेटौँडा–१२ र १३ तथा हाँडीखोला क्षेत्र तरकारी उत्पादन, बाख्रापालन, माछापालन, मेवा, तिलफललगायत उत्पादनका लागि प्रसिद्ध रहेकाले कृषि फार्म सञ्चालन गरिएको यहाँका किसान बताउँछन् । यो क्षेत्र जिल्लाका लागि मात्र नभएर चितवन, बारा, पर्सा, रौतहटलगायत जिल्लामा तरकारी र माछाका लागि प्रसिद्ध छ ।

यहाँको काउली तथा आलुको मूल्य बजारमा तराई क्षेत्रबाट आउने आलु काउलीको तुलनामा १५ देखि २० प्रतिशतसम्म महँगो पर्ने तरकारी व्यापारी बताउँछन् । हेटौँडामा अन्य क्षेत्रको तुलनामा यस क्षेत्रको माछा ५० प्रतिकेजी महँगोमा बिक्री गर्न सकिने माछा व्यापारी बृजेन्दर माझीले बताए ।

Previous Post

दसैँपछि हराउँछ गाउँको रौनक

Next Post

सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : आइएफआरसी

सम्बन्धित खबर

राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

१७ असार २०८३,
अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल
आर्थिक

अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

१७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

१७ असार २०८३,
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
फिचर-ब्यानर

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

१७ असार २०८३,
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
फिचर-ब्यानर

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

१७ असार २०८३,
Load More
Next Post
सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : आइएफआरसी

सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : आइएफआरसी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In