• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

    राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उद्धार नभएरै मर्छन् लोपोन्मुख वन्यजन्तु

by
५ कार्तिक २०८१,
0
उद्धार नभएरै मर्छन् लोपोन्मुख वन्यजन्तु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । जानकी गाउँपालिका-६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र गत बुधबार बिहान पासोमा परेको अवस्थामा चितुवा फेला पर्‍यो। उद्धार टोलीलाई खबर पनि गरियो। टोली आइपुग्न ६ घण्टा लाग्यो। उद्धारको केही घण्टामै चितुवा मर्‍यो।

२०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१०, तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवा पनि उद्धार नभएर मर्‍यो। २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका-३, नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला पर्‍यो। डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो। उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवा मर्‍यो।

कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।

पछिल्लो ६ वर्षमा पासोमा परेर कैलालीमा दुई वटा पाटेबाघ र पाँचवटा चितुवा मरेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ। जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एउटा चितुवा, आव २०७८/७९ मा दुई चितुवा र एउटा पाटे बाघ, आव २०८०/८१ मा एक पाटे बाघ र एक चितुवा मरेको छ। भने चालु आवमा एक चितुवा मरेको छ।

कैलालीमा भारतको दुधुवा नेसनल पार्क जोड्ने वसन्ता जैविकमार्ग र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने कर्णाली जैविकमार्ग छन्। यी मार्गबाट बाघ, चितुवा, हात्तीलगायतका जंगली जनावर ओहोरदोहोर गर्ने गर्छन्। यी जैविक मार्गका वरिपरि बाक्लो मानव बस्ती छ। यसका कारण पनि यी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना हुने गरेको डिभिजनल वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए।

जिल्लामा वन्यजन्तु उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीलाई बोलाइन्छ। समन्वय गरेर उद्धार टोली आइपुग्दा घण्टौँ बितिसकेको हुन्छ। कठायतले भने, ‘यो अवस्थामा कतिपय मरिसकेका हुन्छन् र कतिपय उद्धार भएपछि मर्छन्। यदि हाम्रै ठाउँमा उद्धार टोली भएको भए समयमा उद्धार गरी बचाउन सकिन्थ्यो।’

उद्धार टोलीसँगै उद्धार गरिसकेपछि राख्ने ठाउँ यहाँ छैन। तत्काल उद्धार गरेर ‘साइकोलोजीकल थेरापी’सँगै पालनपोषणका लागि उद्धार केन्द्र आवश्यक पर्ने सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताए।

विष्टकाअनुसार विविधकारणले उद्धार गरिएका वन्यजन्तु निकुञ्जले राख्न मान्दैन। सुदूरपश्चिममा उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता रहेको बताउँदै उनले भने, ‘त्यसका लागि हामीले पहल गरिरहेका छौँ।’ पहिले निकुञ्ज क्षेत्रमा धेरै जसो वन्यजन्तुको द्वन्द्व हुने गर्थ्यो। त्यसैले निकुञ्जमा उद्धार केन्द्र राखिएका छन्। अहिले निकुञ्ज बाहिर उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता महसुस भएको सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताए।

सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसँगै पहाडी जिल्ला बैतडी, डोटी, डडेल्धुरालगायतमा यस्ता समस्या रहेको उनले बताए। उद्धार टोलीका लागि नयाँ दरबन्दी राख्नुपर्छ। भेटनरी डाक्टरलगायतका कर्मचारीको आवश्यक पर्ने गरेको बताउँदै उनले भने, ‘सरकारलाई यसका लागि प्रस्ताव गरेका छौँ। स्वीकृत भएपछि अगाडि बढ्ने छौँ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बनाइ रहेको उद्धार केन्द्रमा यो वर्ष बजेट विनियोजन गरेको बताउँदै उनले पहाडी जिल्लाका लागि डडेलधुरामा सेन्टर राख्ने योजना बनाएको जानकारी दिए।

Previous Post

कस्तो छ आजको मौसम ?

Next Post

विदेशी मुद्राको विनिमय दर : कुन बढ्यो, कुन घट्यो ?

सम्बन्धित खबर

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक
फिचर-ब्यानर

जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

१७ असार २०८३,
‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा
समाचार

‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

१७ असार २०८३,
मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
समाचार

मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग
फिचर-ब्यानर

राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

१७ असार २०८३,
Load More
Next Post
सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

विदेशी मुद्राको विनिमय दर : कुन बढ्यो, कुन घट्यो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In