• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा

    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फलातेमा चियाखेतीको परीक्षण सफल

by
४ कार्तिक २०८१,
0
फलातेमा चियाखेतीको परीक्षण सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गरेको चियाखेती सफल भएको हो ।

‘कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ,’ गौचनले भने, ‘परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ ।’

परीक्षण खेती सफल भएपछि फलाते आसपासका बाँझो पाखा जमिनमा चियाखेती गरेर किसानले आम्दानी गर्न सक्ने गौचनले बताए। आफन्त र बजारमा कोसेलीका रूपमा पठाउनुका साथै म्याग्दीको पर्यटकीय घोडे पानी, शिख, घारका होटलमा फलातेको चिया प्रयोग हुन थालेको छ ।

विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादन गरिएको चियालाई ‘बल्याक टी’ नाम दिइएको छ । स्वाद र गुणस्तर राम्रो भएकाले फलातेको चियाले स्थानीय उपभोक्ताको मन जित्न थालेको छ । वार्षिक ५० किलोग्रामसम्म चिया उत्पादन हुने गरेको गौचनले बताए ।

काठमाडौँमा व्यवसाय गर्दै आएका गौचनले पुर्ख्यौली जन्मथलोमा खेर गएको बारीमा चियाखेतीसँगै दातेओखर पनि लगाएका छन् । चिया बगानको रेखदेख भने ८२ वर्षीया आमा रनदेवी गौचनले गर्छिन् । रनदेवीसँगै अन्य दुई जना स्थानीय कामदारले रेखदेख, चिया टिप्ने, सुकाउने र प्रशोधन गर्दै आएका छन् ।

छ रोपनी क्षेत्रफलमा चियाखेती गर्न रु. २० लाख लगानी भएको रनदेवीले बताइन् । ‘अन्नपूर्ण चक्रीय पदमार्गको घोडे पानी–भुरुंग तातोपानी पदमार्गमा यात्रा गर्ने पर्यटक पनि चिया बगान हेर्नका लागि आउँछन्,’ उनले भनिन्, ‘पाहुना र पर्यटकलाई आफ्नै बगानको चिया पकाएर खुवाउने गरेकी छु ।’

फलाते अघि अन्नपूर्ण गाउँपालिका-६ खिवाङको पाखामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मार्फत चियाखेती भए पनि रेखदेख र संरक्षण नहुँदा बगान मासिएको थियो । मालिका गाउँपालिका-३ किनेतीस्थित वडा कार्यालय पसिरको सार्वजनिक पाखोमा पनि परीक्षणका लागि गत वर्ष चियाखेती भएको छ ।

म्याग्दीका अन्य ठाउँमा व्यावसायिक रूपमा चियाखेती भएको छैन । फलातेको चिया बगानको अवलोकन गर्न पुगेका अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले स्वाद, गुणस्तरका हिसाबले व्यावसायिक चियाखेतीको सम्भावना देखिएको बताए । चियाखेतीको माध्यमबाट बाँझिएका खेतीयोग्य जमिनलाई सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रवर्द्धन गर्न सकिने उनले बताए ।

Previous Post

धारा बने, पानी आएन

Next Post

मकै बेचेर जीवन निर्वाह

सम्बन्धित खबर

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
आवाज

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

१५ अशोज २०८३,
बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु
आर्थिक

बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

१५ अशोज २०८३,
निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा
आवाज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
आवाज

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
Load More
Next Post
मकै बेचेर जीवन निर्वाह

मकै बेचेर जीवन निर्वाह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In