• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नियमावली संशोधन गरेर सशस्त्र प्रहरीले पाउने सुविधामा कटौती

by
१४ पुस २०७९,
0
नियमावली संशोधन गरेर सशस्त्र प्रहरीले पाउने सुविधामा कटौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सकलदर्जाका कर्मचारीको हितमा काम गर्ने बताउँदै संगठन प्रमुखको जिम्मेवारी सम्हालिरहे पनि उनकै कार्यकालमा तल्लो दर्जाका कर्मचारीले पाउँदै आएको सुविधा कटौती भएको छ।

सशस्त्र प्रहरीका अधिकृत तथा जवानले यसअघि पाउँदै आएको प्रारम्भिक पोसाक तथा सामानमा ठूलो कटौती भएको हो। गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली, २०७२ को अनुसूची–१५ संशोधन गरेको हो। यसबारेको सूचना पुस ११ गतेको राजपत्रमा प्रकाशित छ।

नयाँ संशोधित नियमवालीअनुसार अब विगतमा सशस्त्र प्रहरीले १ वर्षका लागि २र२ जोर पाउँदै आएको पीटी गञ्जी तथा पीटी कट्टु १ वर्षका लागि १र१ जोर मात्रै पाउने भएका छन्। यो अनुसूची–१५ को खण्ड ९क० को क्रमसंख्या ९ मा गरिएको संशोधन हो।

यस्तै ऊनीको कम्बल २ वर्षका लागि २ वटा पाउँदै आएकोमा अब २ वर्षका लागि १ वटा कम्बल दिइने भएको छ। खण्ड (क) को क्रमसंख्या १४ मा हेरफेर गर्दै यस्तो व्यवस्था गरिएको हो।

टप बुट भने सशस्त्र प्रहरी अधिकृतले पनि पाउने भएका छन्। खण्ड (क) को क्रमसंख्या २५ को ‘सिनियर’ शब्द झिकिएको हो। यसअघि सो बुट सिनियर अधिकृतले मात्र पाउँदै आएका थिए।

खण्ड ९क० को क्रमसंख्या २९ हेरफेर गर्दै गरम र जाडो महिनाको सेरेमोनियल सेट राजपत्रांकित अधिकृतसँगै सेरेमोनियल कार्यक्रममा भाग लिने अन्य सशस्त्र प्रहरी कर्मचारीहरूलाई पनि प्रदान गर्ने व्यवस्था गरिएको छ। यसअघि सेरेमोनियल सेट राजपत्रांकित अधिकृतले मात्र पाउँथे।

त्यस्तै यसअघि स्नो पार्क ज्याकेट ५ वर्षका लागि १ थान दिइँदै आएकोमा अब समान अवधिका लागि स्नो पार्क वा डाउन ज्याकेट दिइने भएको छ। खण्ड (घ) को क्रमसंख्या ४ मा यस्तो संशोधन गरिएको हो। ३ वर्षका लागि १ जोर दिइँदै आएको कटन प्याडेट युनिफर्म सुटको सट्टा अब २ वर्षका लागि १ जोर हिमाली चुस्ता दिइने भएको छ। खण्ड (घ) को क्रमसंख्या ६ मा यस्तो हेरफेर गरिएको हो।

खण्ड (ङ) यथावत् राखेर खण्ड (च) भने झिकिएको छ। खण्ड (च) झिकिएपछि सशस्त्र प्रहरी परिचरको लागि दिइने सामान तथा पोसाकमा ठूलो कटौती भएको छ। अनुसूची संशोधनपछि भएको यो नै सबैभन्दा ठूलो कटौती हो।

खण्ड (छ) को क्रमसंख्या (२) को सिम्बोल नम्बर १ पछि सिम्बोल नम्बर ‘१क’ थपिएको छ। यसअन्तर्गत सबै स्वास्थ्य प्राविधिकलाई १ वर्षमा १ थान सेतो टेरिकन स्क्रब प्रदान गरिने छ।

यसैगरी अब अनुसूची–१५ मा उल्लिखित संस्थागत रूपमा प्रयोग हुने सामानहरूको खर्च भएर जाने र खर्च भएर नजाने स्पष्ट रूपमा वर्गीकरण गरी अभिलेख तयार पारी कार्यालयले हस्तान्तरण गर्ने गरी व्यस्थापन गरिने भएको छ। १ वर्षभन्दा बढी अवधिसम्म प्रयोग गर्न सकिने खर्च भएर जाने व्यक्तिगत सामानहरू पुनः प्रयोग गरिने भएको छ। खण्ड (छ) पछि यस्तो ‘द्रष्टव्य’ थपिएको हो।

Previous Post

नेपाल–भारत संयुक्त सैन्य अभ्यास सम्पन्न (तस्बिरहरू)

Next Post

सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद

सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In