• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दसैँमा उपत्यकाका ११ ठाउँमा चोरी, १३० सवारी दुर्घटना

by
१ कार्तिक २०८१,
0
दसैँमा उपत्यकाका ११ ठाउँमा चोरी, १३० सवारी दुर्घटना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँ उपत्यकामा दसैँको अवधिभर ११ वटा चोरीका घटना भएका छन् । उपत्यकाका तीन जिल्लाहरू (काठमाडौँ, ललितपुर र भक्तपुर)मा जम्मा ११ वटा मात्रै चोरीको घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

जसमध्ये काठमाडौँमा ९ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा भने शून्य चोरी भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बताएको छ । यो विवरण दसैँको अवधि १७ गतेदेखि २८ असोजसम्मको हो । उक्त अवधिमा विशेष गरी दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म बढी चोरी भएको पाइएको छ ।

अधिकांश चोरी घरमा मान्छे नभएको मौकामा ताला फोडेर भएका छन् । चोरीका घटनामा संलग्न भएकामध्ये केहीलाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकको कोठाबाट १७ लाख रुपैयाँ बराबरको चोरी घटनामा संलग्न भएकाहरू लाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ ।

त्यसैगरी १७ देखि २८ असोजसम्मको अवधिमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरूमा १३० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ४ जनाको ज्यान गएको छ । जसमध्ये ३ जनाको मृत्यु आफ्नै लापरबाहीका कारण सवारी दुर्घटना भएर मृत्यु भएको प्रहरीको भनाइ छ । अर्का एक जनाको मृत्यु भने ‘हिट एण्ड रन’बाट भएको छ ।

हिट एण्ड रन’ घटनामा संलग्न विराटनगर उपमहानगरपालिका-१७ घर भई ललितपुर कुपन्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट पक्राउसमेत परेका छन् । घटनाको चार दिनपछि कुपन्डोलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

२६ असोजको साँझ साढे ६ बजेतिर तिनकुन गैरीगाउँ सडकमा सर्लाहीको कबिलास नगरपालिका-२ घर भई काठमाडौँ बस्दै आएका ५१ वर्षीय विनोद महरा भन्ने रामविनय महरालाई विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले ठक्कर दिई घाइते बनाएको थियो ।

घाइतेलाई सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएपछि विष्ट भने फरार भएका थिए । उनको उपचारको क्रममा २७ गते बिहान १ बजे मृत्यु भएको थियो । यो अवधिमा साँझको ६ बजेदेखि रातिको ९ बजेको समयमा बढी दुर्घटना भएको प्रहरीको तथ्यांक छ । दुर्घटनामा ४ जनाको मृत्यु हुनका साथै १८८ जना घाइते भएका थिए । घाइतेहरू सबैको अवस्था सामान्य रहेको थियो ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको प्रहरीको तथ्यांक छ । दसैँको यो अवधिमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ र भक्तपुरबाट जुवातास खेलेको आरोपमा एक जना पनि पक्राउ परेनन् । ललितपुरबाट भने २ वटा जुवाखालबाट जम्मा ११ जनालाई पक्राउ गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दसैँ सुरक्षा योजना अनुसार तीन जिल्लामा मात्रै १० हजार प्रहरी परिचालन गरेको थियो । मान्छेको अत्यधिक चाप र दसैँ मनाउन गाउँ जाँदा घर र कोठा रित्तो हुने हुँदा चोरी बढ्न सक्ने भन्दै तीन जिल्लामा थप जनशक्ति परिचालन गरिएको थियो ।

काठमाडौँमा मात्रै दसैँमा हुनसक्ने अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डिएसपीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको थियो । दुई रुटमा लङ रेञ्ज गस्ती, ४२ रुटमा सर्ट रेञ्ज गस्तीको व्यवस्था मिलाइएको थियो । ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको थियो । सूचना संकलनको रूपमा सादा पोसाकको रूपमा ३८ वटा टोली बनाएर परिचालन गरिएको थियो ।

सिल एण्ड सर्च र कर्डन सर्चको रूपमा २८ टोली खटाइएको थियो भने २२ ठाउँमा एम्बुसिङ चेकिङ गरिएको थियो । नाकाहरूमा हरेक दिन अपराध अनुसन्धानमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । योजना अनुसार नै दसैँ सुरक्षित भएको प्रहरीको दाबी छ ।

Previous Post

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड रुपैयाँ जम्मा

Next Post

पुराना राजनीतिक पार्टी र नेताबाट नेपाली जनता किन वाक्क छन् ?

सम्बन्धित खबर

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
Load More
Next Post
पुराना राजनीतिक पार्टी र नेताबाट नेपाली जनता किन वाक्क छन् ?

पुराना राजनीतिक पार्टी र नेताबाट नेपाली जनता किन वाक्क छन् ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In