हरि र गोपाल सानैदेखिका साथी थिए । हरि धेरै वर्ष विदेश बसेर घर आयो । एक दिन हरि र गोपाल भेट भए र चिया पसलमा बसेर गफ गरिरहेको थिए ।
गोपालले आफ्नो छोरो बिग्रेर आबार भएर हिँडेको र तह लगाउन नसकेको कुरा गरेपछि हरिले भन्यो—
हरि ः मैले त परदेशमा बस्दा सेठका कस्ता कस्ता नालायक छोराहरुलाई पनि लायक बनाइदिएँ ।
गोपाल ः (खुशी हुँदै) कसरी ?
हरि ः कसरी हुनु नि, नालायकको ना हटाइदिएर….।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













