निदाएको बेला घुर्ने समस्या विश्वभर नै साझा समस्याको रुपमा रहेको पाइन्छ । विशेषगरी घुर्ने समस्या महिला भन्दा पुरुषमा बढी देखिन्छ ।
यस्तो समस्या मानसिको विभिन्न क्रियाकलापसँग सम्बन्धित हुन्छ । घुर्ने समस्या एक प्रकारको जटिल रोग पनि हुनसक्ने यस समस्यालाई सामान्य रुपमा लिनु भने हुँदैन ।
– ब्लडप्रेसर नियन्त्रणमा राख्नुपर्छ । शरीर मोटो छ भने तौल घटाउन कोशिस गर्नुपर्छ ।
– धूमपान तथा चुरोट सेवन गर्नेले छोडिदिनुपर्छ ।
– हरेक दिन सुत्नुअघि एक गिलास मनतातो पानी पिउँदा श्वासनली राम्रोसँग खुल्छ ।
– राति सुत्नुअघि दूध, तेलयुक्त परिकार, चकलेटजस्ता खाना खानु हुँदैन ।
– पङ्खा र एसीको सीधा पर्ने गरी सुत्नु हुँदैन ।
– सुत्नुअघि एक चम्चा मह पिउँदा फाइदाजनक हुन्छ ।
– सुत्नुअघि नाक सफा गरे तथा घाँटी कुल्ला गर्दा नाक घाँटीमा जम्मा भएका धुलोमैलो हटेर घुर्ने समस्यामा राहत मिल्छ ।
– ठिक्कको सिरानीमा बायाँ कोल्टेर सुत्नाले घुर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
साभार ः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट













