नानि भारद्वज
उसको कौतुहलता मेरो जवाफमा कुरा अगाडि बढिरहेका थिए— अनि त्यसपछि के भयो ? मेरो पढाइ अधुरो छोडेर विवाह गर्नुप¥यो । त्यसपछि के भयो ?
छोरो जन्मियो ।
त्यस पछि ? बिहान–बेलुका छोरो बोकेर कल्पनामा रम्न थालेँ । के के कल्पना गर्नुभयो ? छोरो बढ्छ, राम्रोसँग पढ्छ, यसलाई डाक्टर बनाउँछु अनि बुढेसकालको बाँच्ने सहारा हुन्छ ।
अनि के भो त ?
छोरोले पढ्यो, मैले सोचेजस्तै ऊ राम्रो डाक्टर पनि बन्यो ।
अनि ?
छोरोलाई राम्रो घरानकी केटी खोजेर विवाह गराइदिएँ । उसको चासो झन्झन् बढ्यो— अनि के भो त ? अनि के हुनु नि ! आमाबाउ छोडेर उनीहरु पनि कल्पनामा रम्न थाले ।
साभारः लघुकथा कुनोबाट













