मान अपमानको, राम्रो नराम्रो शब्दको आघात हुनु अहङ्कार हो । मेरो रहोस् भन्ने भावना, परीक्षा वा रीसको प्रदर्शन अहम् संयुक्त आसक्ति हो ।
पश्चात् सोच्नु, यसो भन्नु वा गर्नुपथ्र्यो आदि मूढता वा वेहोशी हो । सबै समय ‘म’ को हूँ भन्ने जान्नुमा जागरण राखे स्वतन्त्रता आउँछ ।
ढीलो, छिटो, सानो ठूलो, धेरै, थोरै, संसार परमात्मा बन्धन मोक्ष स्वर्ग नर्क यी सबैलाई राम्ररी सम्झे क्षणदेखि क्षणको जीवन आउँछ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













