• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’

by
१८ अशोज २०८१,
0
‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ । नेपालीहरुको महान् चाड बडादसैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९, सानो मोटरसाइकलमा आठ हजार दुई सय ८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार चार सय ३५ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।

घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “विद्यालय बिदा सुरु भएको र काठमाडौँ छोडेर घर जानेको पनि भीड बढ्न थालेको छ । नयाँ बसपार्कमा भीड बढ्न थालेपछि हामीले सुरक्षाकर्मीको सङ्ख्या पनि थपेका छौँ ।”

यात्रुहरुको भीड बढेसँगै नयाँ बसपार्कमा हेल्प डेक्स स्थापना गरी यात्रुलाई सहज रुपम यात्रा गराउन, पाकेटमारदेखि सावधान हुन तथा माइकिङ गरिन थालिएको प्रवक्ता अधिकारीले बताए । यसैगरी दसैँ मनाउनका लागि कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौँका नाकामा सवारीको चाप बढ्दै गएको प्रहरीले जनाएको छ । काठमाडौँको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यात्रुको भीड र सवारी साधनको चाप बढेपछि राजधानी काठमाडौँ छिर्ने र बाहिरिने नाकामा सवारी जाम बढ्न थालेको छ । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने र घर जानेको सङ्ख्या बढ्दै गएको सुदूरपश्चिम यातायातका काठमाडौँ–धनगढी रुटका बस चालक रमित ओलीले बताए । उनले भने, “वर्षाका कारण बाटोको अवस्था खराब छ, तैपनि घर जाने यात्रुले हाम्रा गाडी भरिभराउ हुने गरेका छन् । यात्रुका कारण निकै चहलपहल बढेको छ ।”

हिजो घटस्थापनादेखि काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढेको हो । बिहीबार दिउँसो १२ बजेसम्म बस, माइक्रो, ट्रक, निजी सवारी साधान र मोटरसाइकिल गरी आठ सय २० सवारी साधन काठमाडौँबाट बाहिरिएका ती सवारी साधनमा १३ हजार पाँच सय तीन जना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनका अनुसार आज दिउँसो १२ बजेसम्म पाँच सय ४४ सवारी साधन काठमाडौँ भित्रिएका र त्यसमा सवार छ हजार पाँच सय ५४ यात्रु काठमाडौँ प्रवेश गरेका छन् । प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङख्या पनि अधिक रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

दसैँका लागि यही असोज २३ गते सम्मका लागि बस काउण्टरले अग्रिम टिकट बुकिङ गरिसकेकाले यात्रुलाई अहिले सहज रुपमा टिकट पाउन मुस्किल परिरहेको काठमाडौँबाट दसैँका लागि घर जान बसपार्कमा पुगेका रोल्पाका ललित मगरले बताए ।

उनले भने, “टिकट काउण्टरले २३ गतेसम्म गाडी प्याक छन् भन्छन, हामीले टिकट पाउन सकेका छैनौँ । कसरी घर जाने बाटोको अवस्था यस्तो छ । दुःख पाइने भयो ।” उहाँ जस्तै आज नयाँ बसपार्कमा टिकटका लागि यात्रुहरु बिहानदेखि आए पनि सहज रुपमा टिकट नपाएको भन्दै गुनासो गरीरहेका थिए ।

Previous Post

मुस्ताङको मार्फामा पदमार्ग निर्माण

Next Post

यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना

सम्बन्धित खबर

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
Load More
Next Post
यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना

यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In