• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान : सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

by
९ अशोज २०८१,
0
अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान : सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ ।

‘मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र उत्पादित फोहर आफैले लिएर आउन पर्यटकलाई आग्रह गरेका छौँ’, आयोजना प्रमुख डा. रवीन कडरियाले भने, ‘पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ ।’ स्थानीय होटल व्यवस्थापन समिति, आमा समूहलगायत क्लब परिचालन गरेर फोहर व्यवस्थापन गरिएको हो ।

सङ्कलन भएको फोहरलाई पोखरामा ल्याई प्रशोधन गर्ने ‘एकयाप’ को योजना छ । अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनः प्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ । ‘एकयाप’ भित्र पर्ने स्थानीय तहले पनि सरसफाइ अभियानलाई प्राथमिकता दिएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकाभित्र प्लाष्टिक झोला लैजान प्रतिबन्ध लगाइएको छ । ‘एक्याप’ भित्रने पर्यटकलाई ‘मेटाकार्ड’ मार्फत फोहर व्यवस्थापनसम्बन्धी सन्देश दिन थालिएको छ । घान्द्रुक, सिकलेस, धम्पुसलगायत सांस्कृतिक पहिचानका गाउँमा पनि सरसफाइ अभियान सुरु भएको ‘एकयाप’ ले जनाएको छ ।

सात हजार छ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाखमा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमैडाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका प्रमुखस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्र्रा सकिने पर्यटक पथ प्रदर्शक दिवस गुरुङले जानकारी दिए ।

अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । ती मध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् । चार वर्षअघि अन्तर्राष्ट्रिय ‘ट्राभल साइट’ लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने दश गन्तव्य सूचीमा समावेश गरेको थियो ।

Previous Post

‘नियत सफा राखौँ, आचारण सुधारौँ’

Next Post

पसलबाट ठगिए ११८० मा फोन गर्न मेयर बालेनको आग्रह

सम्बन्धित खबर

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
आवाज

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

१६ भदौ २०८३,
‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
आवाज

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

१६ भदौ २०८३,
ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
Load More
Next Post
मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई काठमाडौँ महानगरद्वारा जरिवाना

पसलबाट ठगिए ११८० मा फोन गर्न मेयर बालेनको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In