काठमाडौं । मेडिकल ब्यवसायी तथा धर्म संस्कृति र नागरिक बचाउका अभियान्ता दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी प्रसाईंलाई पक्राउ नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।
प्रसाँईलाई पक्राउ गर्न गएको साइबर व्युरोको प्रहरी टोलीलाई लगभग एक घण्टासम्म ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेर उनलाई पक्राउ गरिएको स्रोतले जनाएको । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई समेत प्रहरीले नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।
साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् । विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।













