• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाइडेनद्वारा बिदाई सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत

by
४ अशोज २०८१,
0
बाइडेनद्वारा बिदाई सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत

President Joe Biden waves from the top of the steps of Air Force One at Joint Base Andrews, Md., Thursday, Aug. 8, 2024, on his way to Wilmington, Del., to visit with his campaign staff. (AP Photo/Susan Walsh)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले कथित ‘क्वाड’ समूहलाई बिदाइ दिनका लागि यस साताको अन्त्यमा आफ्नो डेलावेयरस्थित घरमा अस्ट्रेलिया, जापान र भारतका नेताहरूलाई स्वागत गर्दै छन् । क्वाडलाई ती देशले चीनको प्रतिसन्तुलनका रूपमा अगाडि बढाएका छन् ।

बाइडेनले आफ्नो गृहनगर विलमिङ्टनलाई चार–राष्ट्रिय समूहको शिखर सम्मेलनका लागि चयन गरेको छ । यो उनी राष्ट्रपति पदमा रहँदा अन्तिम शिखर सम्मेलन हुनेछ । बाइडेनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा नगर्ने निर्णय गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीको नेतृत्व सुम्पिएको छ ।

उनले आफ्नो प्रिय विलमिङ्टन घरमा एक–एक गरेर भेटवार्ता गर्नेछन् । यसको सुरुआत शुक्रबार राति अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजबाट हुनेछ र शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा जापानी प्रधानमन्त्री फुमियो किशिदासँग जारी रहनेछ ।

त्यसपछि शनिबार बाइडेनले सहरको आफ्नो पूर्वविद्यालयमा ‘अन्तरङ्ग’ रात्रिभोज र पूर्ण चौतर्फी शिखर सम्मेलन आयोजना गर्नेछन् ।

“यो राष्ट्रपति बाइडेनका लागि राष्ट्रपति पदमा रहँदा पहिलो पटक विलमिङ्टनमा विदेशी नेताहरूलाई स्वागत गर्ने अवसर हो, यसले उहाँ र प्रत्येक क्वाड नेताबीचको गहिरो व्यक्तिगत सम्बन्धलाई प्रतिबिम्बित गर्छ”, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले भने ।

ह्वाइट हाउसले सम्मेलनमा उपराष्ट्रपति ह्यारिसको उपस्थिति नहुने जनाएको छ ।

क्वाड समूहको सुरुआत सन् २००७ मा भएको थियो । यद्यपि बाइडेनले यसलाई बलियो बनाएर ट्रम्पको एक्लोपनवादी वर्षहरूपछि अन्तर्राष्ट्रिय गठबन्धनमा जोड दिएको छ ।

चीनसँगको तनाव विशेषगरी विवादास्पद दक्षिण चीन सागरमा हालैको चिनियाँ र फिलिपिनो जहाजहरूबीचको सङ्घर्षका कारण बैठकमा चीनबारे प्रमुखताका साथ छलफल हुने अपेक्षा गरिएको छ ।

“यो निश्चय नै एजेन्डाको शीर्ष स्थानमा रहनेछ”, राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने । उनले चार नेताबीच ‘जनवादी गणतन्त्र चीनले खडा गरेको चुनौतीबारे साझा बुझाइ’ रहेको बताए ।

तथापि ह्वाइट हाउसले पत्रकारहरूको सीमित पहुँचका लागि आलोचना खेपिरहेको छ । विशेषगरी भारतीय प्रधानमन्त्री मोदीको मिडियासँगको कम सम्बन्धका कारण यो कदम उठाइएको भन्ने प्रश्न गरिएको छ ।

सन् २०२३ मा ह्वाइट हाउसको राजकीय भ्रमणका क्रममा दुई प्रश्नको उत्तर दिन मोदीलाई राजी गराइएको थियो । तर उनले भारतमा आफ्नो अघिल्लो नौ वर्षको शासनकालमा कुनै पनि खुला प्रेस सम्मेलन गरेको थिएन ।

ह्वाइट हाउसले बाइडेनले बढ्दो अधिनायकवादको आरोपको सामना गरेका मोदीसँग मानव अधिकारका विषयमा छलफल गर्न नहिचकिचाउने बताएको छ ।

“उहाँले विदेशी नेताहरूसँग गर्ने कुनै पनि कुराकानी यस्तो हुँदैन जसमा उहाँले मानव अधिकार र नागरिक अधिकारको सम्मानको महत्त्वका बारेमा कुरा नगर्नुभएको होस् र यसमा प्रधानमन्त्री मोदी पनि समावेश हुनुहुन्छ”, किर्बीले भने ।

भारतले सन् २०२५ मा अर्को क्वाड शिखर सम्मेलनको आयोजना गर्नेछ ।

बाइडेनलाई वासिङ्टनदेखि करिब एक सय ७६ किलोमिटर टाढाको विलमिङ्टनमा आफ्नो घरप्रति गर्व छ । यहाँ उनी प्राय ह्वाइट हाउसको व्यस्तताबाट बाहिर रहेर सप्ताहन्त बिताउन आउँछन् ।

घरको ग्यारेजमा उनको कोरभेट स्पोर्ट्स कारको छेउमा गोप्य कागजातहरू फेला परेपछि सन् २०२२ मा यो घर चर्चामा आएको थियो । बाइडेनलाई उक्त मामिलामा आरोप लगाइएको थिएन ।

Previous Post

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

Next Post

दुई महिनामा थपियो साढे ९४ अर्ब ऋण

सम्बन्धित खबर

आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२८ फाल्गुन २०८२,
विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
समाचार

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय

२८ फाल्गुन २०८२,
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग
समाचार

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या, कारबाहीको माग

२८ फाल्गुन २०८२,
Load More
Next Post
सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब पुग्यो, एक नेपालीको भागमा साढे ८३ हजार

दुई महिनामा थपियो साढे ९४ अर्ब ऋण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In