• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राहुघाट जलविद्युत् आयोजनाको निर्माण ८० प्रतिशत सम्पन्न

by
४ अशोज २०८१,
0
राहुघाट जलविद्युत् आयोजनाको निर्माण ८० प्रतिशत सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ खनेर कंक्रिट लाइनिङको काम चलिरहेको छ । कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्णरूपमा कंक्रिट लाइनिङ हालसम्म मुख्य सुरुङको एक किलोमिटर कंक्रिट लाइनिङ भइसकेको छ । मुख्य सुरुङबाट विद्युत्‌ गृहसम्म पानी पुर्‍याउन राखिने एकहजार ५० मिटर पेनस्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ । विद्युत् गृहको मुख्य सिभिल संरचनाहरूको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान भइरहेको छ । विद्युत् उत्पादनका लागि २०र२० मेगावाटका दुइवटा युनिट रहने छन् ।

खोलाको नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण सम्पन्न भएको छ । बाँधमा रहने गेटलगायतका उपकरणहरू आयोजनास्थलमा ढुवानी भइसकेका छन् । अब जडान सुरु हुने छ । बालुवा थिग्ग्रयाउने पोखरी (डिसेन्टर)को निर्माण करिब ३० प्रतिशत सकिएको छ । वर्षाका कारण रोकिएको हेडवक्र्सको निर्माण अव सुरु हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवम् रघुगंगा हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले बिहीबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा सङ्लग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग छलफल गरेका छन् । आयोजनाको अनुमानित लागत नौ अर्ब १७ करोड रुपैयाँ छ । आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलितपूर्ण ऋण रहेको छ । बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेका छन् । त्रिशूली र देवीघाट जलविद्युतपछि भारतले विद्युत् उत्पादनतर्फको राहुघाटमा सहायता उपलब्ध गराएको हो ।

सुरुमा आयोजनाको क्षमता ३२ मेगावाट थियो । आयोजना निर्माणका लागि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का तोडिएको थियो । त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट बनाएर नयाँ ठेक्का सम्झौता गरिएको थियो । आयोजनाबाट वार्षिकरूपमा २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने छ ।

Previous Post

नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा

Next Post

‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In