• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कोभिडको तुलनामा एमपक्स महामारीको सामना गर्न विश्व राम्रो परिदृश्यमा : गाभी खोप सञ्जाल

by
३ अशोज २०८१,
0
कोभिडको तुलनामा एमपक्स महामारीको सामना गर्न विश्व राम्रो परिदृश्यमा : गाभी खोप सञ्जाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा। कोभिड महामारीबाट सिकेका पाठहरूले अफ्रिकामा हाल फैलिरहेको एमपोक्स महामारीको सामना गर्न विश्वलाई तयार पारेको ‘गाभी’ खोप सञ्जालले जनाएको छ ।

“कोभिड सङ्क्रमणले महत्वपूर्ण शिक्षा सिकायो र ती शिक्षाहरू अहिले काम लागिरहेका छन्”, गाभीकी प्रमुख सानिया निश्तारले भन्नुभयो ।

“कोभिड महामारी फैलिएको समयका ती सिकाइहरू विशेष उपकरणमा परिणत भए जुन अहिले प्रयोगमा आउँदैछन्”, पाकिस्तानका पूर्व स्वास्थ्यमन्त्रीले यस हप्ता बताउनुभयो ।

सन् २०२० को सुरुमा फैलिएको कोभिडले विश्वव्यापी स्वास्थ्य सङ्कटको सामना गर्न अन्तर्राष्ट्रिय समुदाय पूर्ण रूपमा तयार नभएको कुरा प्रकट गर्यो । यसले विश्वव्यापी खोप असमानतामा पनि प्रकाश पारेको थियो ।

देशहरु अझै पनि स्वास्थ्य सङ्कटकालको समयमा तयारी सुनिश्चित गर्ने नयाँ महामारी सन्धिमा सहमत हुन सङ्घर्ष गरिरहेका छन् । तर गरिब देशमा खोपको पहुँच बढाउन काम गर्ने गाभी आपतकालिन अवस्थालाई सम्बोधन गर्न विश्वव्यापी सम्झौताको पर्खाइमा नरहेको निश्तारले बताउनुभयो ।

गाभीले गत जुनमा स्वास्थ्य आपतकालिन समयमा खोपका लागि आवश्यक रकम द्रुत रूपमा उपलब्ध गराउन पाँच सय डलर मिलियनको ‘प्रारम्भिक प्रतिक्रिया कोष’ स्थापना गरेको थियो ।

गाभीले डेनमार्कको औषधि उत्पादन कम्पनी बवेरियन नर्डिकसँग महामारीबाट प्रभावित अफ्रिकी देशका लागि यसको एमभीए–बीएन एमपोक्स खोपको पाँच लाख डोज खरिद गर्न सम्झौता गरेसँगै बुधबार कोषको रकम पहिलोपटक प्रयोग भएको घोषणा गरेको छ ।

“हामीले खोप खरिद गर्न प्रारम्भिक प्रतिक्रिया कोषबाट पाँच करोड डलर खर्च गरेका छौँ”, निश्तारले भन्नुभयो ।

पहिले मंकीपक्स भनेर परिचित एमपक्स जनावरहरूद्वारा मानिसमा सर्ने भाइरसका कारण हुन्छ तर नजिकको शारीरिक सम्पर्कबाट पनि मानिसबाट मानिसमा सर्न सक्छ । यसले ज्वरो, मांसपेशी दुख्ने र छालामा ठुला फोका जस्ता घाउ निम्त्याउँछ, र केही अवस्थामा घातक हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनले गत महिना कङ्गोमा नयाँ क्लेड १बी भेरियन्टको सङ्क्रमण तीव्र भएपछि एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

जनवरीदेखी अगस्टको बिचमा कङ्गोमा लगभग २२ हजार एमपक्स सङ्क्रमित फेला परेका थिए भने ७०० भन्दा बढीको मृत्यु भएको थियो ।

‘अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले महाद्वीपलाई एमपक्स खोपको १ करोड डोज प्राप्त गर्न आह्वान गरेको छ । हालसम्म अफ्रिकामा ३.६ मिलियन खोप प्राप्त भएको छ ।

गभीले गत जूनमा हैजा, इबोला, मेनिन्जाइटिस र पहेँलो ज्वरो विरुद्धको खोपको भण्डारण जस्तै सन् २०२६ देखि एमपक्स खोपको विश्वव्यापी भण्डार निर्माण गर्ने निर्णय गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकाका लागि खोप उत्पादन “एक्सेलेरेटर“ पनि सुरु गरेको छ ।

“समग्रमा हामी कोभिडको तुलनामा धेरै राम्रो परिदृश्यमा छौं”, निश्तारले भन्नुभयो ।

Previous Post

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण, स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा अजित रायमाझी नियुक्त

Next Post

संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना प्रहरीको नियन्त्रणमा

सम्बन्धित खबर

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
मनोरञ्जन

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

१३ जेष्ठ २०८३,
तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
Load More
Next Post
प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना प्रहरीको नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In