• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राप्ती अस्पतालमा बिग्रियो ६ वटा डाइलासिस मेसिन, बिरामीलाई सास्ती

by
३ अशोज २०८१,
0
राप्ती अस्पतालमा बिग्रियो ६ वटा डाइलासिस मेसिन, बिरामीलाई सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ : बबई गाउँपालिका- ७ की रेउती बिकका श्रीमानको दुवै मिर्गौैलाले काम गर्दैनन्। श्रीमानको अवस्था निकै गम्भीर छ। नियमित  डाइलासिस गराइरहनुपर्छ। त्यसैका लागि उनले श्रीमानलाई घरबाट राप्ती प्रादेशिक अस्पताल आउँछिन्। तर, उनले अस्पतालमा पर्याप्त मेसिन नहुँदा डाइलासिस गर्न नपाएको गुनासो गरिन्।

‘अस्पतालमा डाइलासिस मेसिन छैन। बाहिर लैजान पैसा छैन। अब श्रीमानलाई कसरी बचाउने?’, उनले गुनासो गरिन्। आफूले श्रीमानको अवस्थाबारेमा अस्पतालमा जानकारी गराए पनि सहयोग नपाएको उनले बताइन्।

सल्यान घर भइ हाल तुलसीपुर बस्दै आएका बालाराम थापाले गत मंसिर महिनादेखि अस्पतालमा डाइलासिस गराउँदै आएका छन्। अहिलेसम्म हप्ताको २ पटक मात्र  डाइलासिस गराउँदै आएको थिए। उनलाई अब हप्तामा ३ पटक डाइलासिस गर्न  चिकित्सकले भनेका छन्।  तर सेवा पाउन समस्या भएको उनले बताए।

१४ वटा मेसिन भए पनि ८ वटा मात्र चालु अवस्थामा छ। ६ वटा बिग्रिएको छ। अस्पतालमा अहिले ७० जनाले डाइलासिस सेवा  लिइरहेका छन्। ३० जना पालो कुरेर बसेका छन्। अहिले दिनमा ३ सिफ्टमा बिरामीहरूलाई सेवा दिँदै आइरहे पनि केही मेसिन  बिग्रिँदा सेवा दिन समस्या भएको डाइलासिस वार्ड इन्चार्ज लिना भडेलले बताइन्।

मेसिन पर्याप्त नहुँदा हप्तामा ३ पटक डाइलासिस गर्ने बिरामीलाई २ पटक मात्र गर्ने गरेको र अहिले ३० जना पालोमा रहेको उनले बताइन्। उनका अनुसार ६ बिग्रिएका वटा मध्ये  एउटा मात्र बन्न सक्ने अवस्थामा छ।  मेसिन बिग्रिएपछि इञ्जिनियर आएर जाँच गरेको र उनीहरूले ५ वटा नबन्ने  बताएको उनको भनाइ छ।

उनले मेसिन नबनेसम्म र थप नभएसम्म पालोमा बसेकाले सेवा पाउन गाह्रो रहेको समेत बताइन्। ‘मेनिस सफा गरेर एक बिरामीलाई सेवा दिँदा कम्तीमा ५ घण्टा लाग्छ’, उनले भनिन्, ‘अहिलेको मेसिनबाट उहाँहरूको पालो आउने सम्भावना नै देखिँदैन।’

​यता डाइलासिस मेसिन थप गर्न प्रदेशको  स्वास्थ्य मन्त्रालय माग गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीले बताए। ​केहीदिन अघि  मात्र संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तथा सामाजिक सेवा विभागबाट डाइलासिस मेसिनको अवस्था र आवश्यकताको बारेमा पत्र आएको र थप ५ वटा नयाँ मेसिनको माग गरेको उनको भनाइ छ। उनले मेसिनमा सामान्य समस्या आए पनि दक्ष इञ्जिनियर नहुँदा समस्या हुने गरेको समेत बताए।

‘डाइलासिसका कर्मचारीले मेसिनमा सामान्य समस्या आए पनि खासै थाहा हुँदैन। उहाँहरू भनेको बिरामीहरूलाईसेवा दिने हो। तर, मेसिनको बारेमा जानकारी हुँदैन’, उनले भने, ‘अस्पतालमा दक्ष इञ्जिनियरको आवश्यकता छ। तर, हामीले यहाँका एक जना इलेक्ट्रिसियनलाई काठमाडौँ पठाएर एक महिनाको सामान्य तालिम लिन  लगाएका छौँ। उहाँले नै सामान्य हेर्नुहुन्छ। ठूलो समस्या भएमा हामीले प्रदेश मन्त्रालय र मेसिन पठाउन कम्पनीबाट इञ्जिनियर बोलाएर देखाउने गरेका  छौँ।’

Previous Post

बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति

Next Post

संविधान दिवस: दलितलाई खै! (तस्बिरहरू)

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
संविधान दिवस: दलितलाई खै! (तस्बिरहरू)

संविधान दिवस: दलितलाई खै! (तस्बिरहरू)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In