काठमाडौं – नेपाल र हिमालयसँग सम्बन्धित करिब ५,००० दुर्लभ पुस्तकहरूको पुस्तकालय अब सबैका लागी खुल्ला गरिएको छ ।
नेपालका लागि अमेरिकी राजदूत थम्पसनले भक्तपुरको नेपाल भोकेसनल एकेडमीमा प्रोफेसर टेड रिक्कार्डी स्मारक रिडिंग रुमको उद्घाटन गर्नुभयो।
रवीन्द्र पुरी फाउन्डेसन र एलेन कुनद्वारा आयोजित उक्त कार्यक्रममा, २०२० मा दिवंगत हुनुभएका कोलम्बिया विश्वविद्यालयका प्रोफेसर एमेरिटस टेड रिक्कार्डीको सम्झना र सम्मान गरिएको थियो।
अमेरिकी दूताबासको फेसबुक पेजमा उपलब्ध सामाग्री
नेपाल र हिमालयसँग सम्बन्धित करिब ५,००० दुर्लभ पुस्तकहरूको पुस्तकालय अब सबैका लागी खुल्ला गरिएको छ!
राजदूत थम्पसनले भक्तपुरको नेपाल भोकेसनल एकेडमीमा प्रोफेसर टेड रिक्कार्डी स्मारक रिडिंग रुमको उद्घाटन गर्नुभयो। रवीन्द्र पुरी फाउन्डेसन र एलेन कुनद्वारा आयोजित उक्त कार्यक्रममा, २०२० मा दिवंगत हुनुभएका कोलम्बिया विश्वविद्यालयका प्रोफेसर एमेरिटस टेड रिक्कार्डीको सम्झना र सम्मान गरिएको थियो। अमेरिकी दूतावासद्वारा पुनर्स्थापनाका लागि आर्थिक रूपमा सहयोग गरिएको यो संग्रह अब नेपाल र विदेशका अनुसन्धानकर्ता र शिक्षाविदहरूका लागि उपलब्ध हुनेछ।
हामी तपाईंलाई यी अमुल्य संग्रहहरुको अवलोकन गर्न निमन्त्रणा गर्दछौं!
The extensive library of approximately 5,000 rare books focused on Nepal and the Himalayas is now open!
Ambassador Thompson inaugurated the Prof. Ted Riccardi Memorial Reading Room at the Nepal Vocational Academy in Bhaktapur. Hosted by the Rabindra Puri Foundation and Ellen Coon, the event honored Prof. Riccardi, a Columbia University professor emeritus, who passed away in 2020. Funded by the U.S. Embassy for repatriation, the collection will now be available to researchers and scholars from Nepal and beyond.
We invite you to explore these unique treasures!














