• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    रूस–युक्रेन तनाव बढ्दै,ड्रोन आक्रमण र प्रतिकार जारी

    विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

    विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

    अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

    अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    सैँतिस जिल्लामा आज रास्वपाको अधिवेशन

    तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ

    वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

by
२ अशोज २०८१,
0
जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए । पानी खोज्दै हिँडेका उनीका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो । उनीहरूले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो । मानिस बस्न छाडेपछि पुराना घरहरू भत्किँदै गएका छन् । बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ ।

पानी खोज्दै बसाइ सर्नेह्ररु बढेपछि ध्येको सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष पासाङ गुरुङले पानीको समस्याका कारण आन्तरिक बसाइसराइ भएपछि ध्ये गाउँमा बस्ने कोही पनि नभएको जानकारी दिए ।

“सिँचाइ र खानेपानीको मुहान सुकेपछि बस्न सक्ने स्थिति रहेन”, उनले भने, “जमिन सबै बाँझो हुँदै गयो । मानिस र पशुले पानी खान नपाएपछि थातथलो छाडेर बसाइ सर्नुपर्ने बाध्यता आएको हो ।” उनले आफूले बाल्यकालदेखि नै ध्येमै बिताए पनि अहिले पानीकै कारण छाड्न बाध्य भएको सुनाए ।

खेती किसानी र पशुपालन ध्येवासीको जीविकोपार्जनको मुख्य आधार हो । हिउँदमा हिउँ कम पर्न थालेपछि मुहान सुकेको वडाध्यक्ष गुरुङले बताए । “पानीको मुख्य स्रोत नै हिउँ थियो, जलवायु परिवर्तनका कारण भने जति हिउँ पर्न छाड्यो”, उनले भने, “भएका प्राकृतिक मुहान सुक्दै गए भने हिउँ कम परेकाले पानीको अभाव चर्कियो ।”

उनका अनुसार अहिले स्थानीयहरू बर्खामा भेडा च्याङ्ग्रा चराउनका लागि मात्र गोठ लिएर ध्ये जाने गर्छन् । पानी पर्न छाडेपछि खेतीयोग्य जमिन खेती हुन छाडेको छ ।

ध्ये साविक सुर्खाङ गाविसको वडा नम्बर ९ पर्दथ्यो । अहिले ध्ये र थामजुङ एउटै वडामा पर्छन् । यहाँ गुरुङ र लोवा जातिका मानिसको बसोबास बाक्लो छ । पानीको अभाव बढ्दै गएपछि तत्कालीन गाविस र जिल्ला विकास समितिले बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएका थिए । सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा पूर्वाधार निर्माण भएको वडाध्यक्ष गुरुङले बताए । नयाँ बस्तीमा उनीहरूले स्याउखेती गरिरहेका छन् । “तापक्रम वृद्धि र जलवायु परिवर्तनले सबैभन्दा बढी असर हामीलाई पारेको छ”, उनले भने ।

ध्ये गाउँ समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ । ध्येबासी बसाइसराइ गरेको थामजुङस्थित नदी किनारको बस्ती तीन हजार सात सय मिटर उचाइमा छ । उक्त गाउँमा हाल २६ घरधुरीको बसोबास छ ।

बस्तीसँगै विद्यालय थामजुङमा सारिएको छ । विसं २०६४ देखि नै ध्येवासी बसाइ सरेर बेँसीमा रहेको थामजुङमा झर्ने क्रम सुरु भएको थियो । चराङ र सुर्खाङको नजिकै रहेको थामजुङमा खानेपानी, विद्युत्लगायत सुविधा छ।

Previous Post

नेपालसँग ऊर्जा सहकार्य अघि बढाउन बंगलादेश तयार

Next Post

भोजपुरको अकबरे खुर्सानीको माग तराईदेखि काठमाडौंसम्म

सम्बन्धित खबर

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

रूस–युक्रेन तनाव बढ्दै,ड्रोन आक्रमण र प्रतिकार जारी

२३ जेष्ठ २०८३,
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
आर्थिक

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

२३ जेष्ठ २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

२३ जेष्ठ २०८३,
अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’
फिचर-ब्यानर

अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

२३ जेष्ठ २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

सैँतिस जिल्लामा आज रास्वपाको अधिवेशन

२३ जेष्ठ २०८३,
तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

२३ जेष्ठ २०८३,
Load More
Next Post
भोजपुरको अकबरे खुर्सानीको माग तराईदेखि काठमाडौंसम्म

भोजपुरको अकबरे खुर्सानीको माग तराईदेखि काठमाडौंसम्म

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In