• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

by
२९ भदौ २०८१,
0
छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी छन् ।

पूर्व धनुषा, पश्चिम सर्लाही, उत्तर सिन्धुली र दक्षिणमा बर्दिबास नगरपालिकाको बीचमा अवस्थित छ यो क्याम्पस । यो क्याम्पस हाल आएर पठनपाठन छुटेका छोरीबुहारीका लागि उच्चशिक्षाको अवसर दिने थलो बनेको छ ।

क्याम्पसमा बर्दिबास घर वा माइती भएका र धनुषाको मिथिला नगरपालिका लालगढका छोरीबुहारीको सङ्ख्या उल्लेख्य छ । विभिन्न क्षेत्रमा कार्यरत र घरगृहस्थी गरिरहेका छोरीबुहारीहरु यहाँ क्याम्पस सञ्चालन भएपछि उच्चशिक्षामा अध्ययनरत् छन् ।

बर्दिबास–३ पाटुकी गीता खड्काले स्नातक तह उत्तीर्ण गरेपछि स्नातकोत्तर गर्न विविध कारणले सकेकी थिइनन् । बर्दिबासमै स्नातकोत्तरको पठनपाठन सुरु भएपछि उनले भर्ना गरिन् । खड्का अहिले नेपाली विषयको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा छिन् ।

लालगढकी विमला मोक्तान, गौरी जर्घा, चुरेकी मीना तामाङ र बर्दिबास माइती भएकी प्रियङ्का सुवेदीलगायत स्नातकोत्तर पार लगाउने तयारीमा छन् । उनीहरु सबै शिक्षण पेसामा आबद्ध छन् ।

‘हामी विद्यालयमा गुरुआमा, क्याम्पसमा विद्यार्थी’, प्रियङ्का सुवेदीले भनिन्, ‘यहीँबाट स्नातक गरेँ, विवाह रौतटहको चन्द्रपुर भयो, अब पढ्न पाइन्न भन्ने थियो, तर माइत बसेर पढ्ने वातावरण मिल्यो ।’ बर्दिबासमा यो तहको पठनपाठन सुरु हुनु आपूmहरुलाई बरदान बनेको प्रियङ्कासहितका छात्राहरुको सामूहिक प्रतिक्रिया छ ।

घर नजिक क्याम्पस भएकैले आफूहरु उच्च शिक्षामा जोडिन पाएको उनीहरुको भनाइ छ । ‘घरकै सिठोपीठो खाएर डिग्री गर्न पाइयो’, अहिले स्वास्थ्य विषयको चौथो सेमेस्टरकी छात्रा मीना तामाङ भन्छिन्, ‘यहाँ क्याम्पस नभएको भए हामीजस्ता कमजोर आर्थिक अवस्थाका छोरी पढ्न बाहिर जान सक्दैनथ्यौँ ।’

छोरीको उच्चशिक्षामा बाहिर जाने कुरा आर्थिक अवस्था मात्र नभई सुरक्षा संवेदनशीलताले पनि अभिभावक हच्किने गरेका मीनाको बुझाइ छ । क्याम्पसमा अहिले स्नातकोत्तर तहका २१ विद्यार्थीमध्ये १५ जना छोरीबुहारी रहेको क्याम्पस प्रमुख तेजबहादुर खड्का बताउँछन् ।

क्याम्पसले विसं २०७५ देखि शिक्षा सङ्कायमा नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गरेको हो । बर्दिबास जनता बहुमुखी क्याम्पस सञ्चालनमा आएसँगै उच्चशिक्षा आर्जन गर्ने रहर मारेर बसेका बर्दिबास र वरपरका छोरीबुहारीले पढ्ने अवसर पाएका हुन् । क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्ने प्रायः सबै पाको उमेरका छन् । स्नातक सकेर विभिन्न क्षेत्रमा काममा लागेकाहरु यहाँ स्नातकोत्तर तह अध्ययन गर्न भर्ना भएका छन् ।

स्नातक सकेर स्वास्थ्यक्षेत्रमा सरकारी जागिरे भएका रामबाबु यादव र मोहन माझी अहिले स्वास्थ्य विषयमा स्नातकोत्तर गरिरहेका छन् । ‘यहीँ काममा छौँ, यहीँ पढ्न पाइने अवसर जुर्यो’, बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा स्वास्थ्य शाखामा कार्यरत ४० वर्षीय यादव भन्छन्, ‘पढाइमा उमेरको केको छेकवार !’

स्नातकोत्तर तहमा मात्र नभई स्नातक तहमा पनि छात्राको सङ्ख्या उल्लेख्य छ । स्नातक तहसम्म शिक्षा र वाणिज्य सङ्कायको पठनपाठन हुने क्याम्पसमा एक हजार बढी विद्यार्थीमा सात सय बढी छात्रा छन् । स्नातक तहमा अधिकांश नियमित विद्यार्थी कक्षा १२ सकेपछि लगत्तै पढाइ जारी राखेका छन् ।

बर्दिबास–२ घर भएकी श्वेता अर्याल भन्छिन्, ‘मेरो त १२ सकेपछि दुई÷तीन वर्ष बाबाको जागिरसँगसँगै हिँड्दा पढाइ नियमित हुन सकेन, विवाह बर्दिबास–२ मा भएपछि कलेज जोडिएँ, स्नातक यहीँबाट सकेँ’, अर्याल भन्छिन्, ‘स्नातकको पढाइ र छोरी हुर्काउन सँगसँगै पर्यो, तर परिवारजनको मेरो पढाइप्रतिको वास्ताले सहजै पार लगाएँ ।’ वाणिज्य विषयकी छात्रा अर्यालले चौथो वर्षकोे परीक्षा दिइसके पनि परिणाम (नतिजा प्रकाशन) आउन बाँकी रहेको बताइन् ।

घर नजिक क्याम्पस भएपछि छोरीबुहारी पढ्न जान अनुकूल भएको अभिभावक बताउँछन् । आफ्नै घर नजिक क्याम्पस भएपछि गरिबीबीच पनि दुःखसुख पढ्न सकिने वातावरण हुँदा यहाँको क्याम्पसमा छोरीबुहारीको सङ्ख्या बढी भएको अभिभावक हरि दाहाल बताउँछन् ।

यस कलेजमा १५ किलोमिटर दूरीसम्मका विद्यार्थी अध्ययनरत् छन् । यसै क्याम्पसबाट स्नातकोत्तर पूरा गर्नुभएकी औरही–७ टिम्कियाकी सुनिता ठाकुरले पढ्ने सङ्कल्प भएपछि केही टाढा र कमजोर आर्थिक अवस्थाको कुराले छेक्न नसक्ने बताइन् ।

तराईमा शिक्षा, स्वास्थ्य र अन्य अवसरमा निकै पछि देखिने गरेका बरही (लोहार, डकर्मी पेसाका तराईको जाति) परिवारकी ठाकुरले करिब १५ किलोमिटर दूरी छिचोलेर स्नातक र स्नातकोत्तरको अध्ययन यसै क्याम्पसबाट पूरा गरेकी हुन् ।

‘एसएलसीपछि मेरो स्टाफ नर्स पढ्ने रहर थियो, गरिबी बाधक बन्यो’, सुनिताले भावुक हुँदै भनिन्, ‘जे होस् अभावै अभावका बीचमा पनि स्नातकोत्तर पूरा गरेँ ।’ नातेदार आफन्तहरुले स्नातक सकिएपछि विवाहको प्रस्ताव ल्याइरहे पनि बुबा रामदुलार ठाकुरले त्यतिखेर यो छोरीको निर्णयमा भरपर्ने बताइदिएर आपूmलाई पढ्ने वातावरण मिलाइ दिएको सुनिताको भनाइ छ ।

‘सम्पत्ति नभएर बुबाले स्टाफनर्स पढ्ने मेरो रहर पुर्याउन सक्नुभएन’, सुनिताले भनिन्, ‘तर, मेरो पढ्ने इच्छाको सधैँ उहाँले सम्मान र समर्थन गर्नुभयो, मलाई पढ्न र इच्छित काम गर्न छेकवार भएन ।’ स्टाफनर्स बन्ने सपना सँगालेकी ठाकुरले स्वास्थ्य विषयमा स्नातकोत्तर गरेकी छन् ।

विसं २०६४ मा सञ्चालनमा आएको यो क्याम्पसले स्नातक तहका लागि शिक्षाशास्त्र र वाणिज्य सङ्कायको पठनपाठन सञ्चालन गर्दै आएको छ । स्नातक तहमा यी सङ्कायभित्र विद्यार्थीले विभिन्न विषयको अध्ययन गर्दै आएका छन् । त्यसैगरी, २०७५ सालदेखि शिक्षाशास्त्रअन्तर्गत नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन क्याम्पसले सुरु गरेको हो ।

क्याम्पसमा अहिलेलाई दुखजिलो कोठा पुगे पनि बढ्ने विद्यार्थी सङ्ख्यालाई अब थप भवन चाहिने क्याम्पस प्रमुख खड्का बताउँछन् । अहिले छ कट्ठा क्षेत्रफलको आफ्नै नाउँको जग्गामा तीनतले क्याम्पस भवन छ । क्याम्पसमा छजना कर्मचारी र २८ जना शिक्षकसहित ३४ जनाको जनशक्ति कार्यरत छ । यद्यपि शिक्षकमा नौ जनामात्र पूर्णकालीन भएको खड्काले स्पष्ट पारे ।

क्याम्पसलाई बर्दिबास नगरपालिकाले नौ बिघा एक कट्ठा एक धुर जग्गा भोगाधिकारसहित उपलब्ध गराएको छ । यो जग्गा क्याम्पसकै नाउँमा दर्ता हुने प्रक्रिया अघि बढेको छ । अहिले काँडेतार लगाएर घेरिएको यो जग्गामा भविष्यमा क्याम्पस भवन विस्तार गर्न सकिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमाल बताउँछन् ।

जताततै सामुदायिक क्याम्पसको शाख गिर्दै गएको प्रतिक्रिया अन्त सुनिए पनि बर्दिबासमा भने शाख बढेको छ । अभिभावकको चासो, शिक्षकको समर्पण, व्यवस्थापन समितिको लगन र विद्यार्थीको मेहनतले बर्दिबास जनता बहुमुखी क्याम्पसले सुनाम कमाएको लामो समय शिक्षण पेसामा रही हाल सेवा निवृत्त हुनुभएका बर्दिबास–१ का केदारबहादुर कोइराला बताउँछन् ।

Previous Post

अनुचित लेनदेन : सात कठ्ठा जग्गा फिर्ता गर्न सहमति

Next Post

तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

सम्बन्धित खबर

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल
समाचार

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

२ जेष्ठ २०८३,
Load More
Next Post
तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In