• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा

    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

४० वर्षदेखि लालबहादुरको सारङ्गीसँग साइनो

by
२४ भदौ २०८१,
0
४० वर्षदेखि लालबहादुरको सारङ्गीसँग साइनो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ । टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँडेका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन् । ‘सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भए जस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोश–जाँगर बढेर आउँछ’, उनी भन्छन् ।

सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाण्डौँ लगायतका शहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उनले बताए । घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिकेका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाए । ‘हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्’, उनले भने ।

जग्गा जमिन केही नभए पनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको उनको भनाइ छ । उनले सात वटी छोरीमध्ये पाँचको विवाह गरिसकेका छन् । दुई छोरी तुलसीपुर– १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन् । आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उनले बताए । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्छन् । समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनी बताउँछन् ।

अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको स्मरण गरे । रोल्पामा गाइने आयो भने चाडपर्व आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताए । सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेशा लोप हुने चिन्ता उनलाई छ । ‘मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्’, उनले भने ।

गाइनेको रुपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ । उनी गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छन् । पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको संख्या घट्दो छ । केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन ।

Previous Post

सत्ता साझेदार दलको बैठक आज बस्दै

Next Post

लो-घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

सम्बन्धित खबर

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
आवाज

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

१५ अशोज २०८३,
बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु
आर्थिक

बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

१५ अशोज २०८३,
निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा
आवाज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
आवाज

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
Load More
Next Post
लो-घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

लो-घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In