काठमाडौं । बर्दियामा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका–६ स्थित डल्ला सामुदायिक वनमा गैँडाले आक्रमण गर्दा ‘नेचर गाइड’ ठाकुरबाबा नगरपालिका-९ बस्ने ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गैँडाको आक्रमणबाट अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन्। घाइतेहरुको अहिले भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ।













