काठमाडौं । पूर्व पार्टीको महामन्त्री समेत रहेका डा मुकुल ढकाले रास्वाभित्र समस्या देखिएकाले समाधानको बाटो खोज्ने भन्दै सहकारी ठगी प्रकरण तथा नागरिकता र पासपोर्ट विवादमा पूर्व प्रधानमन्त्री तथा सभापति समेत रहेका लामिछानेका बारेमा स्पष्ट विषय सार्वजनिक गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा मुकुल ढकाललाई पार्टीबाट निकाल्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो।
पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खारेज गरेको थियो । रास्वपाले ढकाललाई ३५ दिनभित्र प्रस्टीकरण दिन निर्देशन दिएको थियो । तर स्वर्णीम वाग्ले , डीपी अर्याल सभापति लामिछानेले ढकाललाई एकलौटी रुपमा पेलेपछि उनले रास्वाभित्र देखिएका र विभिन्न संचारमाध्यममा प्रकाशित समाचारहरु तथा रास्वपाभित्रको समस्याका बारेमा जनताले महशुस गरेका विषयमा सार्वजनिक रुपमा विज्ञप्ती सार्वजनि गरेका थिए । त्यसपछि रास्वपाले ढकाललाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
ढकालका अनुसार र सँचारमाध्यमहरुमा प्रमाणसहित पेश भएका कागजातहरुमा सभापति लगायत रास्वपाभित्र प्रदुषणको ढङ्गुर नै थुप्रिएको छ । तर रास्वापाले आफ्नो पार्टीलाई हिलोबाट जोगाउन हरेक फन्डाहरु सार्वजनिक गर्दै आएको छ । रास्वापा सभापति लामिछानेले सहकारीसम्बन्धि समस्या समाधनका लागि गठीत संसदीय समितिमा नै बयान दिने विषयमा आफुले कुनै गलत नगरेको भन्दै आफुमाथि लागि आरोप सबै फरार सुचीमा मलेसियामा रहेका जीबि राईको टाउको थुपारिए । त्यति मात्र होइन् उनले मितिले आफुलाई सहकारी ठगी प्रकरणमा न्याय दिने भन्दै चिल्लो बचन दिए ।
यसअघिको केन्द्रीय समिति बैठकको निर्णयअनुसार रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको रास्वापाले जनाएको छ ।













