• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी

    विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

by
७ पुस २०७९,
0
एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी, पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् ।

नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यपक भोजराज दाहालले बताए ।

“विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यतिधेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका यसपटक नै हो, यो आफैँमा दुर्लभ संयोग हो”, दाहालले भने, “एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ ।”

जुम्ल्याहा जन्म आफैँमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल दाहालले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताउँछन् ।

“एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन ऐतिहासिक पनि हो, हामी यी नानी बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छौं”, दाहालले भने ।

जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आउनुभएका शिक्षकसँग पनि फरक खालको अनुभव रहेको छ । जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले ऊनीहरुमा सहकार्य प्रतिस्पर्धाको भावाना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन् ।

विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरुपता भएकाले कहिलेकाहीँ झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउनुहुन्छ । तेह्र जोडी जुम्ल्याहा विद्यार्थी अरु विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उनले बताए ।

विद्यालयको कक्षा १० मा पढ्ने जुम्ल्याहा दाजुबहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताए । एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको भन्दै उनीहरु घरमा अभिभावकको माया बराबर पाउने गरेको बताउँछन् ।

उनीहरु जस्तै विद्यालयकै कक्षा ८ मा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदी बहिनी हुन् । दिदी बहिनी त्यसै माथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथीहरु र शिक्षक शिक्षिकासमेत झुक्किने गरेको अनुभव उनीहरु सँग छ ।

जुम्ल्याहा सन्तान जन्मिँदा सुरुका केही वर्ष हुर्काउन बढाउन सम्स्या भएको भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने फरक खालको खुसी महसुस हुने गरेको कावासोती–२ का जुम्ल्याहा सन्तानका पिता रिसिकान्त सापकोटा बताउछन् ।

जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषणलगायतका कुराहरु आवश्यक मात्रमा पुर्याएर सुरु सुरुमा हुर्काउन गाह्रो भए पनि हुर्किदै गएपछि धेरै कुराहरु मेल खाने भएकाले उनीहरुलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउछन् ।

“सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरु बच्चाहरुले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ”, उनले भने ।

विसं २०४६ मा स्थापना भएको उक्त विद्यालयले आफ्नो ३३ औँ वार्षिकोत्सवमा मङ्गलबार जुम्ल्याहा सन्तान र उनीहरुका अभिभावकलाई सम्मान गरेको छ ।
रासस

Previous Post

किन रोकियो धरहरा पुनर्निर्माण कार्य ?

Next Post

सुन्तला खेतीबाट जीवन स्तर फेरियो

सम्बन्धित खबर

विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी
फिचर-ब्यानर

विपद्का कारण युरोप र अमेरिकाबाट आउने पर्यटकमा कमी

१६ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ अशोज २०८३,
अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
Load More
Next Post
पाँच करोडको सुन्तला उत्पादन

सुन्तला खेतीबाट जीवन स्तर फेरियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In