• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    तीन वटा फर्मलाई जरिवाना

    तीन वटा फर्मलाई जरिवाना

    बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने

    बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    तीन वटा फर्मलाई जरिवाना

    तीन वटा फर्मलाई जरिवाना

    बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने

    बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

झारफुकका नाममा त्रासदी घटना

by
७ पुस २०७९,
0
झारफुकका नाममा त्रासदी घटना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए ।

आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी महिलालाई तातो वस्तु ९खुकुरी, पन्युँ, तेल तथा पानी०ले डामेपछि गम्भीर घाइते भएकी छिन्। काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुक गर्ने माता बताउने १९ वर्षीय सचिता मगरले बिरामीको शरीरमा तातो पन्युँ, तातो तेल र पानी खन्याउँदा भोजपुर आमचोक गाउँपालिका–६ की ३६ वर्षीया सविता राईको जीउभरि घाउ र फोकाका कारण सिकिस्तै भएकी छिन् ।

प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक नवीन विष्टले नेपाल प्रहरी अस्पतालमा बिरामी राईको उपचार भइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिए । प्रहरीले किशोरी मातासहित सहयोगी चार जनालाई पक्राउ गरी कुटपिट तथा अङ्गभङ्गसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उक्त घटनामा संलग्न मातासहित उनका सहयोगी उदयपुर घर भएका २६ वर्षीय पदमबहादुर मगर, २६ वर्षीय सङ्गम राई, १८ वर्षका सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङसमेत पक्राउ परेका छन् ।

उपरीक्षक विष्टका अनुसार शरीर काप्ने, बर्बराउने तथा छटपटी हुने समस्याबाट पीडित सविता राईलाई किशोरी माताले निको पारिदिने दाबी गर्दै झारफुक गरिएको थियो । पुस १ गते झारफुकका क्रममा बिरामीको शरीरमा तातो वस्तु खन्याइएको थियो । अर्घाखाँची घर भएकी सचिता र भोजपुरकी सविता दुवै जरङ्खुमा बस्दै आएका थिए । पक्राउ परेकी किशोरी माताले बिरामीलाई निको पार्ने भनी आफूले तातो वस्तु बिरामीको शरीरमा खन्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

झारफुकको नाममा दिइएको यातनाबाट गत २०७८ सालको पुसमा दुई जनाको मृत्यु भएको थियो । आफूलाई माता दाबी गर्ने काठमाडौँ रानीवनकी उमा शाही ठकुरीले दिएको यातनाबाट सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका–२ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको ज्यान गएको थियो । यसैगरी गत वर्ष गुल्मीको इस्मा गाउँपालिका–३, दर्लामचौरका ६३ वर्षीय रामबहादुर मुखियाको झारफुकको नाममा धामीले तातो पन्युँ र झाँझरले प्रहार गर्दा मृत्यु भएको थियो । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

Previous Post

नयाँ सरकार गठनतिर दलहरूको ध्यान

Next Post

प्रतिनिधिसभाका सांसदको शपथ आज, १५ भाषामा शपथ हुने

सम्बन्धित खबर

मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय
फिचर-ब्यानर

मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

११ चैत्र २०८२,
शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक
आवाज

शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

११ चैत्र २०८२,
चौध वर्षमुनिका २७ जनामा क्षयरोग
समाचार

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

११ चैत्र २०८२,
तीन वटा फर्मलाई जरिवाना
समाचार

तीन वटा फर्मलाई जरिवाना

११ चैत्र २०८२,
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने
समाचार

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

११ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ चैत्र २०८२,
Load More
Next Post
प्रतिनिधिसभाका सांसदको शपथ आज, १५ भाषामा शपथ हुने

प्रतिनिधिसभाका सांसदको शपथ आज, १५ भाषामा शपथ हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In