• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिडियाखाना निर्माणमा युनाईटेड क्लवको ५९ लाख

by
६ पुस २०७९,
0
चिडियाखाना निर्माणमा युनाईटेड क्लवको ५९ लाख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ६ पुस । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारासहित सामाजिक क्षेत्रमा योगदान पु¥र्याउदै आएको पोखरा–१० अमरसिंह चोकस्थित युनाईटेड क्लवले चिडियाखाना निर्माणमा ५८ लाख ८५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

वि.स.२०६७ सालमा स्थापना भएको क्लवले पोखराको अमरसिंह चौरमा ११ वर्षदेखि प्रत्येक वर्ष संचालमा ल्याएको पोखरा महोत्सवबाट हुँदै आएको मुनाफा पोखरा लेखनाथस्थित पचभैयामा विकासहुँदै गरेको चिडियाखानालाई सहयोग गर्दै आएको हो ।

पर्यटकीय नगरी पोखरामा सरकारी तवरबाट मानव निर्मित खुल्ला चिडियाखानाको निर्माण हुनुपर्छ भन्ने अवधारणा ल्याएको उक्त क्लवले प्रत्येक वर्ष हुने महोत्सवको मुनाफा मध्ये सबैजसो रकम चिडियाखाना निर्माणका लागि छुट्याउँदै आएको जानकारी क्लवका अध्यक्ष राजु श्रेष्ठले दिनुभयो ।

क्लवकै अवधारण अनुसार नेपाल सरकारले पोखरा महानगरपालिका– वडा नं ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी,, चिसाकुना र चैनपुर सामुदायिकका वनको एक सय ३४ हेक्टर क्षेत्रफलको जमिनमा वि.स.२०७२ साल साउन १५ गते सिलन्यास समेत गरिसकेको छ । उक्त चिडियाखानालाई गण्डकी प्रदेशले सरकारले अहिले प्रदेशको गौरवको योजनामा राखी जिल्ला डिभिजन वन कार्यालय मार्फत निर्माण कार्यलाई अगाडि वढाइरहेको जानकारी अध्यक्ष श्रेष्ठले दिनुभयो ।

उक्त क्लवले यस वर्ष पुस २७ गतेदेखि माघ ९ गतेसम्म संचलन गर्न लागेको पोखरा महोत्सवबाट हुने मुनाफा पनि सामाजिक कार्यमा नै खर्च गर्ने जनाएको छ । महोत्सवकै बारेमा जानकारी दिने उद्देश्यले क्लवद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले यस वर्ष महोत्सवको मुनाफाले कवि शिरोमणि पौड्यालको जन्मस्थल अघौं अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्यापन गराउनका लागि आवासीय छात्रवास निर्माणकार्य सुरु गर्ने जानकारी दिनुभयो ।

गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि १२ वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरी क्लवले विद्यार्थीलाई सहयोग गर्दै आएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ ।

छात्रावासमा सुरुमा वीस देखी २५ जनालाई राखिने छ । उनीहरुलाई क्लवले निःशुल्क पढाउने व्यवस्था गर्छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद क्षेत्रको विकासमा क्लवले आफ्नो क्षेत्रबाट सहयोग गर्दै देशलाई समृद्धि तर्फ अगाडि वढाउन योगदान गर्ने हो’

पत्रकार सम्मेलनमा बोल्दै महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा क्लवका महासचिव दिनेश सुनारले यस वर्ष हुने ११ औं संस्करणको पोखरा महोत्सवमा सर्वसाधारणको प्रवेश शुल्कबाट प्रति टिकट एक रुपैयाँ छुट्याई पोखराको बीच भागबाट बग्ने सेती नदीको खोचलाई शाहसिक पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने बताउनुभयो ।

दुई लाख भन्दा वढी दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजक संस्थाले गरेको छ । २५८ स्टल रहने उक्त महोत्सवमा दश करोड रुपैयाँ बरावरको कारोवार हुने अनुमान पनि क्लवले गरेको छ ।

महोत्सवमा पर्यटन प्रर्वद्धन र पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने संस्था तथा व्यक्तिलाई निःशुल्क र कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरलाई विशेष छुट गरिने जानकारी पनि उक्त अवसरमा दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले पोखराको स्थापित युनाईटेड क्लवले सरकारले गर्न नसकेका कामहरु गरेर समाजमा उदाहरणीय बनेको बताउनुभयो ।

महोत्सवका उद्देश्यहरु, कला संस्कृति, भोषभूषा, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सूचना प्रविधि, पर्यटकीय स्थान तथा सम्भावित स्थानको प्रचारप्रसार, स्थानीय तथा औद्योगिक उत्पादनको वजारीकरणमा सहयोग पु¥याउने, कालाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने , आर्थिक चलायमान तथा रोजगारी सृजना गर्नु रहेको जानकारी क्लवका बरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले दिनुभयो ।

महोत्सवका आकर्षणका रुपमा उद्यमीहरुबीच अनुभव साटासाट, एकअर्का बीच बिचार विमर्श, व्यवसायी सदस्यहरु बीच रहेका आफ्ना ज्ञान, सीप, क्षमता अभिबृद्धि, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुति, राष्ट्रिय तथा अन्तराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हास्य व्यङ्य प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कार, वाल उद्यान, प्रदेशस्तरीय लोकदोहोरी गीत तथा ,झाँकी प्रतियोगिता लगायतका रहेको जानकारी सो अवसरमा बताइएको छ ।

Previous Post

गण्डकीका नवनिर्वाचित सांसदको शपथ पुस १४ गते गराइने

Next Post

टान गण्डकीको अध्यक्षमा पन्थी

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
टान गण्डकीको अध्यक्षमा पन्थी

टान गण्डकीको अध्यक्षमा पन्थी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In