काठमाडौं । पछिल्लो समय देशमा हैजा संक्रमितको संख्या बढ्दै गइरहेको छ । पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको हो । जसमध्ये ललितपुरमा सबैभन्दा धेरै हैजा संक्रमितका बिरामी भेटिएका छन् । त्यहाँ ३८ जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।













