• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार

    पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    ‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जङ्गली रातो च्याउको माग सहरदेखि विदेशसम्म

by
२६ साउन २०८१,
0
जङ्गली रातो च्याउको माग सहरदेखि विदेशसम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । यहाँको मालिका गाउँपालिका–५ देवीस्थानका रेशम बूढामगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्नमा व्यस्त छन् ।

बर्खायाम सुरु भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी देविकला घर्तीको परिवारका सदस्यहरु च्याउ खोज्न जङ्गलमै दिन बिताउने गर्छन् ।

ओसिलो जङ्गलका पुराना रुख र ठुटामा पाइने रातो च्याउ खोज्न रेशम र देवीकला मात्रै होइनन्, साउन दोस्रो सातादेखि पश्चिम म्याग्दीका रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, विमलगायतका गाउँका स्थानीयवासी व्यस्त छन् ।

गाउँको होमस्टेदेखि सहरका तारे होटेल र विदेशसमेत रातो च्याउको माग भएकाले महङ्गोमा बिक्री हुने गर्छ । रातो च्याउको मूल्य यस वर्ष आलो प्रतिकिलो रु दुईहजार र सुकाएको रु पाँच हजारसम्ममा बिक्रि हुने गरेको छ ।

जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिम मोलेर रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य महङ्गो भएको रुमकी देविकला घर्तीले बताइन् ।

प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण बस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ भएको मुना घरबासका सञ्चालक राधिका भण्डारीले बताइन् ।

“घरवासमा आउने जो कोहीले खान र कोशेलीका लागि रातो च्याउ खोज्ने गर्छन्”, भण्डारीले भने “पाहुनाले युरोप अमेरिकासमेत कोशेलीका लागि यही च्याउ किनेर लैजाने गरेका छन् ।”

गत सालसम्म प्रति किलो आठ सयदेखि एक हजारसम्ममा बिक्रि भएको रातो च्याउको मूल्य यस वर्ष दुई हजार पुगेको छ । सुकाएको रातो च्याउ आलोको तुलनामा महङ्गो भएको व्यापारी जगमाया पुन मगरले बताइन् ।

हालसम्म रातो च्याउको व्यावसायिक बजारीकरण नभएको रुमका स्थानीयवासी टेकबहादुर घर्तीले बताए। जङ्गलमा भर्खरै पलाएको च्याउ टिप्न थालेपछि उत्पादन घट्न थालेको र मूल्य वृद्धि भएको घर्तीको भनाइ छ ।

रातो च्याउ सुकाएपछि लामो समयसम्म भण्डारण गर्न मिल्ने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि अर्गानिक उत्पादन बिक्रि गर्दै आएका सुमन पौडेलले जानकारी दिए। गत वर्ष रुमबाट रु पाँच लाखको जङ्गली च्याउ बिक्री भएको स्थानीय टेकबहादुर घर्तीले बताए

व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उनको भनाइ छ । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी रातो च्याउको उत्पादन गर्न सकिने सम्भावना रहेको आत्मनिर्भर साना किसान सहकारी संस्था दरवाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताए ।

उनले भने, “अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिना मै फल्ने बीउ उत्पादन भयो त्यसरी रातो च्याउको विकास गर्न सकिन्छ ।”

Previous Post

पुलापछैका मल्लकालीन सम्पदा नासिँदै

Next Post

पुर्व पतीका बिबाहलाई लिएर सामान्था मौन

सम्बन्धित खबर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायमा आशाको सञ्चार
फिचर-ब्यानर

पर्यटन प्रवर्द्धनका लागि पोखरा–उत्तरपूर्वी भारतबीच ‘बीटूबी’ कार्यक्रम

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते
समाचार

दाउन्नेमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, १० जना घाइते

१७ अशोज २०८३,
नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण
समाचार

नेपा एपमा थपिए १० भन्दा बढी नयाँ डिजिटल उपकरण

१७ अशोज २०८३,
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
समाचार

पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार

१७ अशोज २०८३,
Load More
Next Post
पुर्व पतीका बिबाहलाई लिएर सामान्था मौन

पुर्व पतीका बिबाहलाई लिएर सामान्था मौन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In