सन् १९९३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित नेल्सन मण्डेला विश्वकै महान् नेता मध्ये एक हुन् । १९९४ मा दक्षिण अफ्रिकाको राष्ट्रपति बनेका नेल्सन मण्डेलाले आफ्नो युवा जीवनका २७ वर्ष जेलमै बिताए । उनले एउटा सपनाको लागि जीवन भरी संघर्ष गरेर बिताए । उनको सपना दक्षिण अफ्रिकामा रंगभेद समाप्त गर्नु थियो । उनले आफ्नो जीवनीमा लेखे अनुसार उनलाई आफ्नै जीवनमा यो सपना साकार हुन्छ भन्ने लागेको थिएन । तर उनको त्यो त्यागले भावी पिँढीलाई फाइदा चाहिँ पु¥याउँछ भन्ने विश्वास थियो । सबभन्दा ठूलो कुरा के हो भने उनले एउटा सपनाको लागि सम्पूर्ण जीवन व्यतित गरे तर त्यो सपना पूरा हुने संभावना ज्यादै कम थियो ।
मण्डेलाले भनेका छन् ‘संघर्ष नै मेरो जीवन हो ।’ जब उनी रंगभेद आन्दोलनको समाप्तितिर थिए त्यही वेला पुलिस उनलाई गल्ली गल्लीमा पछ्याइरहेको थियो । सो समयमा मण्डेलालाई आफ्नो जन्मभूमि छोड्न ठूलो दबाब र धम्की आएको थियो । तर उनले दृढताका साथ भने, ‘म न त दक्षिण अफ्रिका छोड्छु, न त आत्मसमर्पण नै गर्छु ।’ आखिरमा पुलिसले उनलाई पकडेर जेलमा थुनी छाडे । १९८० को दशकमा मण्डेलालाई रिह ागर्न दक्षिण अफ्रिकी सरकारलाई अन्तर्राष्ट्रिय दवाव तीव्र रुपमा प¥यो । फलस्वरुप त्यहाँको सरकार उनलाई ससर्त रिह ागर्न तयार भयो ।
तर मण्डेला, सरकारको शर्तमा निस्कन तयार भएनन् । आफ्नो स्वाभिमानको कारण उनले अरु ५ वर्ष जेलमा बिताउनुप¥यो । आखिर ७३ वर्षको उमेरमा उनकै सर्त अनुसार उनलाई जेलबाट निकाल्न त्यहाँको सरकार बाध्य भयो । मण्डेला आज पीडित शोषित मानव जातिको संघर्षको प्रतिक बनेका छन् । उनको सफलताबाट हामीले सिक्नुपर्ने महत्वपूर्ण कुरा के हो भने लगातार संघर्षमा जुटिरहने मानिस कठिन भन्दा कठिन परिस्थितिलाई पनि जित्न सक्छ ।
साभारः ‘सफलता’ पुस्तकबाट













