काठमाडौं । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको (एन)एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको (एन) एजेडी हेलिकप्टर दुर्घटना भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो ।













