• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘हेपिएकाहरु’ जुरुक्कै उठेपछि देशबाटै लखेटिइन् शेख हसिना

by
२२ साउन २०८१,
0
‘हेपिएकाहरु’ जुरुक्कै उठेपछि देशबाटै लखेटिइन् शेख हसिना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढाका । विगत १५ वर्षदेखि लगातार सत्तामा सम्हाल्दै आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद देशबाटै लखेटिएकी छिन् । विश्वमै धेरै शासन गर्ने महिला प्रधानमन्त्री हसिना सभापति रहेको अगावी लिगले २०२४ को जनवरीमा भएको निर्वाचनमा २२२ सिट प्राप्त गरेको थियो  ।

बंगलादेशमा ३५० सदस्यीय संसदमा ३०० सिटमा प्रत्यक्ष निर्वाचित हुन्छन् भने ५० सिटमा समानुपातिक एवम् आरक्षणबाट चुनिने संवैधानिक व्यवस्था छ । निर्वाचन र आरक्षण गरी हसिनाको पार्टीको २ सय ७२ सिट छ । यो दुईतिहाइभन्दा झण्डै २७ सिट बढी हो । तर यो चुनाव विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहिस्कार गरेको थियो ।

दुईतिहाइभन्दा झण्डै २७ सिट प्राप्त दलका सभापति तथा प्रधानमन्त्री हसिनाले सोमबार देशवासीको नाममा सम्बोधनको अवसर समेत पाइनन् । हतार हतार राजीनामा दिँदै देशै छाडेर भाग्न बाध्य भइन् । सेनाको सहयोगमा हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गरिन् ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना र उनकी बहिनी मुलुकमा जारी आन्दोलनका बीच बांग्लादेशबाट भागेका हुन्। हसिनाको राजीनामाको समाचारलाई लिएर ढाकामा प्रदर्शनकारीले हर्षोउल्लाससाथ खुशियाली मनाएका छन् ।

उनी ढाकाबाट भागेको खबर आएपछि धेरै मानिस प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा प्रवेश गरेका थिए। प्रदर्शनकारीले गणभवनको मैदानमा हात उठाएर खुशियाली मनाएका थिए ।

सोमबार नै देशवासीका नाममा सम्बोधन गर्दै बांग्लादेशका सेना प्रमुख जनरल वकार–उज–जमानले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदै अब अन्तरिम सरकार गठन हुने बताएका छन्।

उनले सबै प्रदर्शनकारीलाई शान्ति र व्यवस्था कायम गर्नका लागि सहयोग गर्न पनि आग्रह गरे। ‘मुलुकमा शान्ति र व्यवस्था कायम गरौँ, मलाई विश्वास गर्नुहोस्, आउनुहोस् मिलेर काम गरौँ’, उनले भने, ‘कृपया सहयोग गर्नुहोस्, लडाइँले केही प्राप्त हुँदैन, द्वन्द्वबाट बचौँ, हामीले मिलेर सुन्दर देश बनायौँ।’

शेख हसिनाको उदय

शेख हसिनाको जन्म सन् १९४७ मा पूर्वी बंगालको मुस्लिम परिवारमा भएको थियो। उनी राजनीतिज्ञ परिवारमा जन्मिएकी थिइन्। उनका पिता शेख मुजीबुर रहमान राष्ट्रिय छबिका नेता थिए। उनकै नेतृत्वमा सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट अलग भएको थियो। ‘राष्ट्र पिताका’ उपमासमेत पाएका रहमान बंगलादेशको पहिलो राष्ट्रपति समेत भए।

शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो। त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए। त्यसपछि उनीहरु निर्वासनमा बस्न भारत गए।

सन् १९८१ मा उनीहरू स्वदेश फर्किए। उनको बुबाको पार्टी आवामी लिगको नेता भइन्। उतिबेला बंगलादेशमा सैनिक शासन चलिरहेको थियो। सेना प्रमुख हुशैन मुहम्मद इर्साद सैनिक शासन हाँकिरहेका थिए। सैनिक शासनविरुद्ध उनले त्यतिबेलै आन्दोलन छाडेकी थिइन्।

बंगलादेशका अन्य राजनीतिक दलहरूसँग सहकार्य गरेर उनले सेनाको काम कारबाहीको विरोधमा सडकमा उत्रिएकी थिइन्। उक्त आन्दोलनले शेख हसिनालाई छिट्टै उनलाई जनतमाझ चिनाएको थियो। दसक बढी राजनीतिक लडाइँपछि हसिना पहिलोपटक सन् १९९६ मा निर्वाचित भएर सत्तामा आएकी थिइन्।

हसिना सन् १९९६ मा पहिलोपटक देशको प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएपछि उनी निरन्तर बंगलादेशको सत्तामा छिन् । सन् २००९, २०१४ र २०१८ मा भएका निर्वाचनमा उनी प्रधानमन्त्रीका रूपमा क्रमशः दोस्रो, तेस्रो र चौथोपटक निर्वाचित भएकी थिइन् ।

आरक्षण विरोधी आन्दोलनबाट उठेको आन्दोलन

बंगलादेशको उच्च अदालतले ५ जुनमा बंगलादेशको स्वतन्त्रता आन्दोलनका सेनानीका आफन्तहरुलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने आदेश सुनाएको थियो ।

सन् २०१८ मा हटाइएको प्रावधानविरुद्ध परेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले आरक्षण दिने आदेश जारी गरेको थियो । तर, स्वतन्त्रताको लडाइँ जोडिएकाहरुको नाती पुस्तालाई सुविधा दिने गरी भएको आरक्षणको व्यवस्था भेदभावपूर्ण भएको भन्दै विद्यार्थीहरुले विरोध थालेका थिए । यस विरुद्ध विद्यार्थीहरू आन्दोलमा उत्रिए ।

बंगलादेशमा केही सरकारी पदमा महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपांगता भएका व्यक्तिका लागि पनि आरक्षणको व्यवस्था छ । एकतिहाइ पदहरू भने ‘युद्धको समयका नायक’ वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्याइने गरेको थियो । आन्दोलनमा उत्रिएका विद्यार्थी उक्त व्यवस्था भेदभावपूर्ण भएको बताउँदै सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने बताउँदै आन्दोलन गरेका थिए ।

सन् २०१८ मा गरिएका विरोध प्रदर्शनपछि हसिना नेतृत्वको सरकारले त्यस्तो आरक्षण प्रणाली खारेज गरेको थियो । तर गत ५ जुनमा अदालतले त्यस्तो प्रणालीलाई पुनस्र्थापना गरेपछि विद्यार्थी पुनः आन्दोलनमा उत्रेका हुन् ।

बंगलादेशको सर्वोच्च अदालतले हालको आरक्षण प्रणालीलाई एक महिनाका लागि निलम्बन गरिदिएको थियो । तर उक्त प्रणाली खारेज नभएसम्म विद्यार्थी आन्दोलन जारी राखे । यससम्बन्धी मुद्दामा अगस्ट ७ मा अदालतमा सुनुवाइ हुँदै थियो । तर त्यो अघि नै आन्दोलनकारीसँग प्रहरी र अवामी लिगका कार्यकर्ताहरूको झडपका घटना भए । उक्त घटनाहरू बढ्न थालेपछि आन्दोलनको माग हसिनाको राजीनामातर्फ केन्द्रित भयो ।

‘हेपिएकाहरु’ जुरुक्कै उठेपछि

आरक्षणबाट बिरोधी आन्दोलनको रुपमा सुरुवात भएपनि पछिल्लो समयमा उनले अभ्यास गरेको अधिनायकवाद विरुद्धको आक्रोश थियो । बंगलादेशमा लोकतन्त्रको आवरणमा अधिनायकवाद हुर्किरहेको थियो । आवधिक निर्वाचन भनिए पनि शेख हसिनाले ‘नियन्त्रित लोकतन्त्र’को अभ्यास गरीरहेकी थिइन् । बंगलादेश उकुसमुकुस पछिल्लो समयमा ‘आरक्षणविरोधी आन्दोलन’को आडमा जुरुक्कै उठ्यो ।

बंगलादेश गत जनवरीमा भएको निर्वाचनमा मुख्य विपक्षी दल बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी बीएनपीले निर्वाचन बहिष्कार गरेको थियो। बीएनपीले निर्वाचनलाई नाटक भनेको थियो । पछिल्लो चुनावमा पनि सबै विपक्षीलाई जेलमा थुनेर आफ्ना पकेटका मान्छेलाई विपक्षीका रूपमा खडा गरेर हसिनाको पार्टीले चुनाव जितेको हो। उनले विपक्षीमाथि सरकारले राज्यसंयन्त्र प्रयोग गर्दै मार्ने, जेल हाल्ने र अनेकन् दुःख दिने गर्दै आएकी थिइन् ।

उनी सत्तामा आएपछि सुरक्षाकर्मीद्वारा थुप्रैको गैरन्यायिक हत्या भएको, बेपत्ता पारिएको र धरपकड गरिकएको रिपोर्टहरू सार्वजनिक भए। यी आरोपहरूलाई प्रधानमन्त्री हसिनाले नकार्दै आएकी छन्। विदेशी पत्रकारलाई पनि यस खालको रिपोर्टिङमा प्रतिबन्ध लगाएकी छन्।

पछिल्लो तीन सातादेखि चर्किएको आन्दोलनमा अहिलेसम्म ३०० भन्दा बढी प्रदर्शनकारीको ज्यान गएको छ । त्यस्तै, तीन हजार ५०० भन्दा बढी घाइते भएका छन्। आन्दोलनका क्रममा सुरक्षाकर्मीले ११ हजारभन्दा बढीलाई पक्राउ गरेको छ ।

  • बिबिसी र एजेन्सीहरुको सहयोगमा
Previous Post

बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी

Next Post

मौसमको खराबीका कारण हवाई उडान प्रभावित, विमान आकाशमै ‘होल्ड’

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
Load More
Next Post
मौसमको खराबीका कारण हवाई उडान प्रभावित, विमान आकाशमै ‘होल्ड’

मौसमको खराबीका कारण हवाई उडान प्रभावित, विमान आकाशमै ‘होल्ड’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In