काठमाडौं । इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । लेबनान समेत हेर्ने दूतावासले नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । दूतावासले सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ ।
‘लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ,’ कायरोस्थित नेपाली दूतावासबाट जारी सूचनामा भनिएको छ । लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुकर मारिएपछि तनाब बढेको छ ।
सम्पर्कका लागि :
कायरो इमेल– eoncairo@mofa.gov.np
सम्पर्क व्यक्ति– दीपक घिमिरे, द्वीतिय सचिव
फोन नं. ±201097772348 -WhatsApp_
माधवराज काफ्ले, तृतीय सचिव
फोन नं. +201002505997 -WhatsApp_
बेरुत इमेल– consul@consulateofnepal.com













